प्रस, परवानीपुर, ७ जेठ/
निम्बस समूहले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंमा शुक्रवार निम्बसले नेपाल प्रहरीको सुरक्षाको लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो।
निम्बस समूहका प्रबन्ध निर्देशक आनन्दकुमार बगारियाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई १ लाख थान सर्जिकल मास्क, १० हजार थान एन-९५ मास्क र ८० लिटर सेनिटाइजर हस्तान्तरण गरेका थिए ।