प्रस, वीरगंज, ७ जेठ/
जिल्ला प्रहरी कार्यालय पर्साले एकजना युवकलाई स्कूटी चोरीको कसूरमा पक्राउ गरी मुद्दा चलाएको छ ।

जिप्रका पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले यही जेठ २ गते वीरगंज महानगरपालिका-२ छपकैया निवासी रञ्जीत साहको नाममा दर्ता रहेको हरियो रङ्गको ना.२३प ८२७१ वीरगंज महानगरपालिका-३ प्रगतिनगरको सडकमा पार्किङ गरेको अवस्थामा चोरी भएको बताए ।

सो स्कूटी चोरीबारे प्रहरीमा उजूरी परेपछि खोजतलाशको क्रममा वीरगंज-१ निवासी २२ वर्षीय प्रवीण साहको घरबाट बरामद भएको र उनले चोरी गरेको प्रमाणित भएपछि सोही अनुसार चोरी मुद्दा दायर गरिएको जिप्रका पर्साले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here