हामी भर्खरै एउटा ऐतिहासिक र अभूतपूर्व वैश्विक सङ्कटको साक्षी बन्यौं । चीनको वुहान प्रान्तबाट शुरू भएको कोरोना भाइरसको सङ्क्रमणले हेर्दाहेर्दै सम्पूर्ण विश्वलाई आफ्नो कब्जामा लियो । ३१ दिसम्बर २०१९ मा पहिलोपटक चिकित्सकहरूको दृष्टिमा परेको यस भाइरसको प्रतिरोधका लागि मानिसको शरीरमा पहिलेदेखि न कुनै स्थापित प्रतिरोधक क्षमता थियो, न यसको कुनै खोप उपलब्ध थियो, न यससँग जोगिने कुनै विशेष औषधि वा उपचार नै उपलब्ध थियो । यसको सङ्क्रमण दर अत्यधिक बढी भएको कारणले हेर्दाहेर्दै देश, महादेश यसका शिकार बन्दै गए र अनेकौं देशले आप्mनो सीमा बन्द मात्र गरेर पुगेन, अपितु कर्फ्यूजस्तो परिस्थिति लागू गर्न बाध्य हुनुप-यो ।

कोरोना भाइरस–भाइरसहरूको जुन उपप्रजातिको सदस्य हो, ती सामान्यरूपमा मानवका लागि हानिकारक हुँदैनन् । यसका उपलब्ध प्रजातिहरूमध्ये चार त सामान्य रुघाखोकी मात्र फैलाउँछन् । अन्य दुईले भने अलि गम्भीर बिमारीहरू–जस्तै सार्स र मर्स पैmलाउने काम गर्छन् । कोभिड–१९ फैलाउन जुन कोरोना भाइरस जिम्मेदार थियो, त्यो कैयौं दृष्टिमा सार्सजस्तै थियो, त्यसैले वैज्ञानिकहरूले यसलाई मार्स कोभ–२ (SARS CoV-2) नाम दिए । ११ फरवरीका दिन विश्व स्वास्थ्य सङ्गठन (WHO)ले यस भाइरसद्वारा फैलिने बिमारीलाई कोभिड–१९ नाम दियो र ११ मार्चका दिन यसलाई महामारीको दर्जा दियो, जसको अर्थ हो, यस बिमारीले सम्पूर्ण विश्वलाई आफ्नो कब्जामा लिइसकेको छ ।

कोभिड–१९ को विषयमा अनेक कुरा यस्ता थिए, जुन लगभग अनौठा थिए । पहिलो त यो कि यो एरोसोलको माध्यममा पैmलिने बिमारी हो, अर्थात् त्यो व्यक्ति जसलाई यो बिमारी भएको छ, उसले खोक्दा भाइरस निस्केर तीन घण्टासम्म वातावरणमा ज्यूँदो रहन्छ ।

त्यसबाहेक ती कुरा छुँदा, जसलाई सङ्क्रमितले छोएको छ, यो बिमारी पैmलन्छ । किनकि यो बिमारी ती व्यक्तिद्वारा पनि पैmलन सक्छ, जसलाई यसको सङ्क्रमणको कुनै लक्षण छैन अर्थात् जो एसिम्प्टमेटिक छन्–त्यसैले यो थाहा पाउन मुश्किल पर्छ कि बिमारी कुन माध्यमले आयो । त्यसैले विश्व स्वास्थ्य सङ्गठनले एकअर्काबाट टाढा बस्न अर्थात् सोशल डिस्टेन्सिड्ढो निर्देश दियो, जसको पालना सर्वत्र गरियो पनि । परिणामस्वरूप जुन वैश्विक परिस्थिति विनिर्मित भए, त्यसबाट आज हामी सबै परिचित छौं ।

आज प्रश्न यो छ कि कोरोनापछि के ? कोरोना भाइरसको सम्पूर्ण विश्वमा परेको भयानक प्रभावले एउटा मूलभूत प्रश्न वा चिन्तनलाई जन्म दिएको छ कि के जस्तो जीवन र जीवनशैली यो महामारी आउनुपूर्व थियो, हामी त्यस जीवनशैलीमा फर्कन सक्छौं कि सक्दैनौं ? के अबको दुनियाँमा राजनीतिक र आर्थिक शक्तिहरूको समीकरण बदलिनेछ ? अथवा अर्को शब्दमा भन्दा के यो विश्वको, त्यो विश्व जसलाई हामी चिन्दछौं–त्यसको अन्त हो अथवा यो एउटा नयाँ किसिमको विश्वको, मानवताको सुरुआत हो ?

यी प्रश्नहरूको उत्तर जब पाइएला, तर आजको मितिमा हामी पर्यावरण एवं जैविकजगत्मा पर्ने प्रभाव प्रस्टरूपमा देख्न सक्छौं । भेनिसको जलराशिमा डाल्फिनहरू फर्कन थाले, हरिद्वारको हर की पौडीमा गजराज घुम्न थाले र वर्षौंपछि चराको चिरबिर सुनिन थाल्यो । ती देश जो पहिले एकअर्कासँग राम्ररी कुरा गर्दैनथे–इरान र सउदी अरेबिया–त्रासदिको यस घडीमा एकअर्कालाई सहायता गरिरहेका देखिए । फिलिपिन्स र उडिसामा उग्रवादीहरूले पहिलोपटक युद्धविरामको पालना गरे । यस्तो लाग्यो यस सङ्कटको घडीमा मानवता एकजुट हुन थाल्यो ।

यी त केही यस्ता उदाहरण हुन्, जसले सकारात्मक परिवर्तनतिर सङ्केत गर्दछन्, तर केही परिवर्तन यस्ता पनि छन्, जसका कारण मानवताको भविष्य देखेर चिन्ता लाग्न थाल्छ । उदाहरणको रूपमा हार्बर्ड विश्वविद्यालयका प्रो. स्टिफन वाल्टले एउटा शोध आलेखको माध्यमबाट चिन्ता व्यक्त गरेका छन् कि यस घटनाका कारण कैयौं देश आप्mनो पुरानो स्वरूपमा फर्कन चाहनेछन्, जसले गर्दा एकजुट मानवताको भाव उत्पन्न गर्न मुश्किल हुनेछ ।

आजका मितिमा युरोपियन युनियन लगभग छिन्नभिन्न हुन थालेको देखिन्छ । अन्तर्देशीय यात्रामा गम्भीर प्रतिबन्ध लाग्ने देखिंदैछ । यसको परिणामले एउटा यस्तो विश्व बन्न सक्दछ, जुन पहिलेको तुलनामा कम मुक्त होस्, कम धनी होस् र कम स्वतन्त्र होस् । यसले गर्दा मानिसको स्वास्थ्य एवं वैश्विक अर्थव्यवस्थामा पर्ने प्रभाव पनि अत्यन्त चिन्ताजनक छ । स्टक एक्सचेन्जदेखि रोजगार एवं उदीयमान अर्थतन्त्रमा यसको जुन प्रभाव परेको छ–त्यो एकदम स्पष्ट छ एवं गम्भीर चिन्ताजनक भविष्यतिर इशारा गर्दछ । अहिले नै जनवरीदेखि मार्चसम्मको अर्थव्यवस्था १२ प्रतिशतभन्दा बढी सङ्कुचित भइसकेको छ र तेल बजारले ६० प्रतिशतभन्दा बढी आघात झेलिसकेको छ ।

१८० भन्दा बढी मुलुकमा पैmलिएको यस बिमारीको अर्थव्यवस्थामाथि पर्ने प्रभावले सम्पूर्ण विश्वलाई प्रभावित पार्ने देखिंदै छ । परिणामस्वरूप जी–२० मुलुकहरू ५ ट्रिलियन डलर सहयोग दिन अगाडि सर्नुप-यो । सबै प्रमुख केन्द्रीय बैंकले आप्mनो दर कम पार्नुप-यो र एसेट खरीद गर्न जुट्नुप-यो । यसबाहेक यसको जुन प्रभाव रोजगारमा प-यो, त्यो पनि निकै चिन्ताजनक छ ।

विश्वका सबै मुलुक लकडाउनमा गएपछि यातायात, परिवहन र भ्रमण पूर्णतया रोकिएपछि बेरोजगारीको सङ्ख्या तीव्रताले बढ्यो । बितेको अप्रिलसम्म पहिलो हप्ता नै ३० लाख अमेरिकी र १० लाख ब्रिटिश नागरिकले बेरोजगारी भत्ताका लागि निवेदन हालिसकेका थिए । एक्लो अमेरिकामा प्रथम दुई हप्ताभित्र करीब तीन लाख रोजगार समाप्त भइसकेको थियो । यहाँसम्म कि अमेरिकी सरकारद्वारा प्रदान गरिएको ऐतिहासिक एवं विशाल दुई ट्रिलियन डलरको सहायता पनि उक्त स्थिति सुधार्न थोरै देखिएको थियो ।

अफ्रिकाका तेल उत्पादक देशहरू, जस्तै अङ्गोला, घाना, गेबन एवं नाजेरियाको डलर प्रभावित कर्जा यसैले गर्दा २० प्रतिशतसम्म बढ्यो, त्यसैले त्यहाँ सङ्क्रमण दर धेरै नभए तापनि त्यहाँको अर्थव्यवस्था नराम्ररी प्रभावित भएको देखियो ।

भारतीय बजारमा लगभग ५५ प्रतिशत इलेक्ट्रोनिक्स सामान चीनबाट आउँथ्यो, जुन ४० प्रतिशतमा समेटियो । स्वाभाविक थियो यिनको दाम नराम्ररी प्रभावित भयो । यसका साथै भारतबाट कपास, रसायन, खनिज तेल आदिको निर्यातमा पनि नराम्रो असर प-यो । भारतका औषधि निर्माता कम्पनीहरूमाथि पनि यसको कुप्रभाव प-यो, किनकि भारतले लगभग ६० प्रतिशत API (Active Pharmaceutical Ingredients) चीनबाट आयात गर्छ, त्यसैले औषधिको दाम पनि बढ्न थाल्यो । भिटामिन र पेनिसिलिनको दाममा पहिले नै ५० प्रतिशतभन्दा बढी वृद्धि हुने लक्षण थियो । यसका साथै भारतको पर्यटनतन्त्र एवं हवाई इन्डस्ट्री अति नराम्ररी प्रभावित भयो, जबकि यी दुवै भारतीय अर्थतन्त्रका महŒवपूर्ण भागीदार हुन् ।

यी सारा परिवर्तनलाई ध्यानमा राख्दै चिन्तकहरू भन्दछन् कि कोरोना भाइरस ग्लोबलाइजेशन–२ लिएर आएको छ । राबर्ट काप्लान जो युरेशिया समूहका हुन्, भन्दछन्– कोरोनापछिको विश्व नयाँ वैश्विक विघटन लिएर आइरहेको छ । विश्वभरि खाद्यान्न सङ्कट गहिरिनाले देशहरू आआप्mनो अर्थव्यवस्था र अस्तित्वका लागि लडिरहेका देखिन्छन् । यसका साथै यो पनि सम्भव छ कि वर्तमान चुनौतीले भारतलाई सिकाओस् कि उसले पनि स्वकेन्द्रित अर्थव्यवस्थालाई बढीभन्दा बलियो बनाउनुपर्छ, जसले गर्दा भविष्यमा यस्तो सङ्कट आउँदा त्यसको सफलतापूर्वक सामना गर्न सकियोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here