दैनिक जीवनमा अध्यात्म

अध्यात्मको उपयोगिता एवं श्रेष्ठता सर्वविदित छ, तर सामान्यतया यसलाई आरामको समय वा बुढ्यौलीको विषयवस्तु मान्ने गरिन्छ, दैनिक जीवनसँग यसको अझ सोझो सम्बन्ध छ भनी मानिंदैन। यसैले धर्म–अध्यात्मको नाममा नित्य चिह्नपूजाको कमी पाइन्न, तर अधिकांश मानिसको चिन्तन–चेतना तथा जीवन अध्यात्म तत्वबाट रिक्त नै रहन जान्छस किनकि यसका साथ जुन फलश्रुतिहरूको चर्चा गरिन्छ, त्यसबाट जीवन वञ्चित रहन जान्छ।

यस्तोमा अध्यात्म तत्व के हो, यसको दैनिक जीवनमा कसरी सहज पहुँच बनाउन सकिन्छ, यस कुराको बोध  हुनु आवश्यक छ। अध्यात्म समग्रमा जीवनको अध्ययन हो, यसको गहनतम तलसम्म पुग्ने विधा हो, जसका साथ क्रमिकरूपमा व्यक्तित्वको रूपान्तरण हुँदै गर्दा जीवनका यक्षप्रश्नहरूको समाधान प्राप्त हुन सकोस्।

निस्सन्देह अध्यात्म संसार–समाज–परिवारमैं रहेर अन्तर्मुख जीवनको अभ्यास हो, जसमा परामात्मतत्वसँग जोडिएर, भित्र आत्मतत्वमा स्थिर भएर जीवनयापन गर्न सकिन्छ। सङ्क्षेपमा जीवनको केन्द्रमा स्थिर रहेर परम सत्यतिर उन्मुख जीवन अध्यात्म हो, जसमा स्वयंको मुक्ति तथा जगत्को कल्याणको भाव निहित रहन्छ।

गुरुदेव रामचन्द्र शर्मा आचार्यले यसका लागि जीवन–साधनाको कुरा गरेका छन्, जसमा दैनिक जीवनका प्रत्येक पक्षलाई नियम, संयम र अनुशासनमा आबद्ध गरेर सुव्यवस्थित एवं सुनियोजित ढङ्गले बाँच्न सकिन्छ।

गुरुदेवद्वारा प्रतिपादित व्यावहारिक अध्यात्म अन्तर्गत प्रातः आत्मबोधबाट प्रारम्भ दिनचर्या, राति तत्वबोधका साथ पूर्ण हुन्छ, जसमा दिनभरिको दिनचर्याको हिसाब–किताब गर्दै भावी दिनको तयारी गरिन्छ। दिनचर्यामा जीवनको हरेक आयाम एउटा अनुशासनको परिधिमा आबद्ध रहन्छ।

दिनको प्रारम्भ निस्सन्देहरूपमा ईश्वरप्रति कृतज्ञताका यस भावका साथ हुन्छ कि आज एउटा नयाँ जीवनको शुरूआत भइरहेको छ, हामी एउटा स्वस्थ–सुखी जीवनका साथ एउटा नयाँ दिनका लागि तयार भइरहेका छौं।

यसै प्रकार रातिको समापन दिनभरिको सङ्घर्ष, पुरुषार्थ एवं आरोह–अवरोहका बीच एउटा सार्थक जीवनको कवाजका साथ ईश्वरप्रति कृतज्ञता एवं समर्पण भावका साथ हुन्छ, जसमा परमात्माको संरक्ष्Fण, सहारा पाइला–पाइलामा भेटिइरह्यो।

दिनभरि यस भावलाई सँगालेर राखिन्छ, जसमा स्वाभाविकरूपमा सुत्ने बेला ईश्वरको आराधनाका साथै दैनिक जीवनको समापन हुन्छ। साधनाको बढ्दो क्रममा जीवनको प्रत्येक पल, प्रत्येक भावमा आफ्ना इष्ट–आराध्यको उपासना  आराधना समावेश गर्ने प्रयास रहन्छ।

यस प्रक्रियालाई सरल बनाउँछ स्वाध्याय–सतसङ्गको क्रमले, जसलाई यथासम्भव दिनचर्यामा बढीभन्दा बढी समावेश गरिन्छ। प्रारम्भ स्नान–ध्यानका साथ वा पछि आध्यात्मिक पुस्तकहरूको अध्यययन एवं पारायणका साथ हुन्छ, जसमा शास्त्रदेखि युगसाहित्यलाई माध्यम बनाइन्छ।

यसको प्रकाशमा जीवनको अवलोकन गरिन्छ, आफ्ना दोष–दुर्गुणहरूको परिमार्जन र श्रेष्ठ गुण धारण गर्ने भाव–सङ्कल्प जाग्रत रहन्छ। गुरुप्रदत्त मन्त्रका साथ जप–ध्यान गर्दै उपासनाको क्षण निस्सन्देह यसको केन्द्रमा रहन्छ।

उपासनाका साथ दिनभरि कस्सिएको दिनचर्याका साथ आप्mनो कर्तव्यको पालन व्यावहारिक अध्यात्मको अनिवार्य पक्ष हो। जसमा जीवनमा मनको कुनै कुनामा लाछीपन, शारीरिक आलस्य तथा चित्त भ्रममा पर्ने कुनै गुन्जाइस नरहोस्। दिनभरि इन्द्रिय संयम, समय संयम, विचार संयम र अर्थ संयमको अभ्यासका साथै एउटा नैष्ठिक साधक बनेर यसलाई सम्पन्न गरिन्छ।

इन्द्रिय संयममा स्वाद, वाणी, दृष्टि र स्पर्श प्रधान हुन्छ, जसको निग्रह र साधनाका साथै जीवन(साधनामा प्रखरता आउँछ। समय संयमले कामलाई प्राथमिकताहरूका आधारमा सम्पादन गर्दै एउटा सन्तुलित एवं सफल जीवन सम्भव बनाउँछ।

विचार संयममा श्रेष्ठ विचारहरूमा रमण, आप्mनो कार्यमा व्यस्तता, सतत आत्मचिन्तन, प्रभुभजन र लक्ष्यप्रति एकनिष्ठभावको अभ्यास गरिन्छ। मितव्ययितापूर्ण ‘सादा जीवन–उच्च विचार’ तथा फजूलखर्चबाट जोगिने प्रयासले अर्थ संयम सम्भव बनाउँछ। अरूका साथ सत्यनिष्ठ, मधुर एवं शालीन वाणी–व्यवहार अध्यात्मको अनिवार्य पक्ष हो, जसमा शालीनता, सहकारिता, विनम्रता, संवेदनशीलताजस्ता सद्गुणहरू आचरणमा यथासम्भव समावेश गरिन्छ।

यसका साथै दैनिक जीवनमा प्रकृतिको सान्निध्यले सहजरूपमा जीवनलाई आध्यात्मिक सत्यसँग जोड्दछ। प्रकृतिको काखमा बिताएको केही क्षण परमेश्वरका साथ तथा स्वयंसँग जोडिने माध्यम बन्न पुग्छ।

यसका साथै बीचबीचमा मौन, उपवास, एकान्तवासको प्रयोगले यसमा नयाँ रस घोलिदिन्छ। यी सबै प्रयोग साधनाको प्रारम्भिक अवस्थामा आध्यात्मिक उन्नति–प्रगतिमा निकै सहायक हुन्छन्। धेरै बढी बहिर्मुखता तथा कुसङ्गतको दोषबाट जोगिनु श्रेयस्कर हुन्छ। यस सन्दर्भमा हुने सानो पनि लापरवाहीले साधनाको बीजाङ्कुरमाथि, त्यो पुष्पित–पल्लवित हुनु पहिले नै तुषारापात गरिदिन्छ। यस प्रकार आप्mनो आत्मिक प्रगतिको लागि सजग–सचेष्ट जीवन, अध्यात्मको अनिवार्य पक्ष् हो।

अचेल स्मार्टफोनको संयमित एवं विवेकसङ्गत उपयोग अभीष्ट भएर आउँछ। मोबाइलमा तमामथरीका सामग्री भरिएका हुन्छन्, दोस्रो यसको लत लाग्यो भने छुट्न गार्हो हुन्छ। मोबाइल फोनका प्रयोगकर्ताहरू अचेल घण्टौं यसको मायावी दुनियाँमा भौंतारिन विवश–बाध्य देखिन्छन्, आफ्नो कर्तव्य र जीवन–लक्ष्यको मूल्यमा पनि यसैमा अल्झिरहेका देखिन्छन्। अतः शारीरिक–मानसिक स्वास्थ्य एवं आत्मिक उन्नतिको दृष्टिले मोबाइलको अनुशासित उपयोग नै उचित हो। जति आवश्यक छ, त्यति मात्र यसलाई आफ्नो जीवनमा ठाउँ दिउँ।

राति दिनभरिको दिनचर्याको मूल्याङ्कन र डायरी लेखनका साथ रात्रि विश्रामतिर लाग्नु आध्यात्मिक जीवनको महत्वपूर्ण पक्ष हो। डायरीमा दिनभरिको लेखाजोखा राखौंस जहाँ प्रगति देखिन्छ आफूलाई श्याबासी दिउँ तथा जहाँ सुधारको गुन्जाइश छ, त्यहाँ प्रायश्चित्तदेखि प्रार्थना एवं नयाँ सङ्कल्पको सहारा लिउँ।

यस प्रकार मनलाई खाली पारेर, कृतज्ञभावले निद्रादेवीको काखमा प्रवेश गरौं। यो मानेर हिंडौं कि मृत्युको काखमा प्रवेश गरिरहेको छु। यस अभ्यासले जीवनलाई गहिरोस्तरमा जिउने प्रेरणा दिन्छ तथा यस्तोमा निद्रा योगनिद्राको रूप लिएर एउटा नयाँ स्फूर्ति र ताजगीको माध्यम बन्छ र जीवन नयाँ आध्यात्मिक सत्यका साथ पुष्ट र समृद्ध हुँदै जान्छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्