प्रस, बिरुवागुठी, ९ असोज/
पर्सागढी नगरपालिका–३ स्थित जनता माध्यमिक विद्यालय पकडिया बडनिहारमा रहेको क्वारेन्टाइन हटेको लामो समय बितिसक्दा पनि विद्यालयको सरसफाइ र निर्मलीकरण गरिएको छैन ।
क्वारेन्टाइन बनाइएका विद्यालयका कक्षा कोठामा बसेकाहरूले खाली गरेर गएपछि उनीहरूबाट गरिएको फोहर सफाइ नगरिंदा कक्षा कोठाको अवस्था हेर्न लायकको छैन । स्वास्थ्यकर्मीहरूले प्रयोग गरेका स्वास्थ्य सामग्रीहरू पनि यत्रतत्र कक्षा कोठामा फालिएका छन् ।
यसैगरी, कक्षा कोठाबाट हटाइएको टेबल, कुर्सीहरू विद्यालय चौरमा अलपत्र अवस्थामा छन् । क्वारेन्टाइन बनाउँदा ती फर्निचरहरू निकालिएको थियो । अहिले क्वारेन्टाइन हटेपछि भित्र नराख्दा घामपानीले चाँडै बिग्रिने सम्भावना छ । क्वारेन्टाइन हटेपछि स्थानीय तहले सरसफाइ, र विसङ्क्रमित गर्नुपर्नेमा क्वारेन्टाइन बनाएर प्रयोग गरेपछि विद्यालयतर्पm ध्यानै नदिएको शिक्षकहरूको गुनासो छ । क्वारेन्टाइन बनाइएको सामुदायिक विद्यालयलाई कम्तीमा तीनपटक विसङ्क्रमित गर्नुपर्ने स्थानीय तहले अहिलेसम्म एकपटक पनि सो कार्य गरेको छैन ।
जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद चौधरीले क्वारेन्टाइन हटेको दिनदेखि आपूmले वडापालिका र नगरपालिकालाई सफाइ र विसङ्क्रमणका लागि पटक–पटक अनुरोध गरेको तर आश्वासनबाहेक काम हुन नसकेको उनले गुनासो गरे ।
पर्सागढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख योगेन्द्रप्रसाद पञ्जियारले भने विद्यालयलाई एकपटक विसङ्क्रमित पारिएको बताए । उनले सफाइ र विसङ्क्रमित गर्नका लागि कार्यालय सहयोगीहरूको जिम्मा लगाएको दाबी गरे । तर कार्यालय सहयोगीहरू भने आपूmलाई कसैले कुनै जिम्मेवारी नदिएको बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here