प्रस, वीरगंज, १० साउन/
वीरगंज महानगरपालिका–२५ खल्वाटोलाबाट लागूऔषध नाइट्रोभ्याटसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–७ निवासी २५ वर्षीय सुरज साह कलवार र २० वर्षीय सलमान अन्सारीलाई ५७० थान नाइट्रोभ्याटसहित पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता दीपक भारतीले बताए । दुवैजनाले जुत्ता र शरीरमा लुकाएर लागूऔषध वीरगंज ल्याउने क्रममा पक्राउ गरी लागूऔषधसम्बन्धी कसूरमा मुद्दामा अनुसन्धान भइरहेको प्रवक्ता भारतीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here