प्रस, पर्सागढी, ९ असोज/
पर्सागढी नगरपालिकामा रहेका हाटबजारहरूमा अहिले स्वास्थ्य सुरक्षा मापदण्डको पालना भएको छैन ।
लकडाउन र निषेधाज्ञा हटे पनि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर पसल, व्यवसाय सञ्चालनका लागि दिइएको निर्देशन पालना गरिएको छैन । नगरका मुख्य बजारहरू बढनिहार, मनवा, पचरुखी, बहुअर्वामा लाग्ने हाटबजारमा तरकारी विक्रेता र खरीदकर्ता कसैले मास्क लगाउने गरेका छैनन् ।
तरकारी बजारका लागि कम्तीमा दुई मिटरको दूरी भनिएको छ तर टाँसिएर बजार सञ्चालन भएको छ । ग्राहकहरू मास्क नलगाउने र दूरी नबनाएर निर्धक्क सामान खरीद गर्दैछन् । सङ्क्रमण पैmलिएको बेला सचेत भएका पसले र ग्राहक अहिले सङ्क्रमणको प्रकोप जिल्लामा कम भएपछि निर्धक्क भएका छन् ।
सङ्क्रमण कम भएपछि अहिले कोरोनाका बारेमा सचेतना कार्यक्रमहरू पनि भएका छैनन् । स्थानीय तह
अन्तर्गत वडापालिका, नगरपालिका पनि यस मानेमा जिम्मेवार छैन ।
विभिन्न सामाजिक संस्थाहरूले पनि स्वास्थ्य मापदण्ड, सामाजिक दूरीलगायतका तोकिएका मापदण्डको पालना गराउनका लागि सचेतना गर्न सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here