इनारमा पसेका दुईजनाको ज्यान गयो

प्रस, मकवानपुर, ९ असोज/
मकवानपुरको मनहरी गाउँपालिका वडा नं ७ मा इनारमा पसेका दुईजनाको मृत्यु भएको छ ।
शाह पार्टी प्यालेस परिसरमा रहेको इनारमा पानी तान्ने मोटर पम्प बिग्रिएपछि मरम्मत गर्नका लागि शुक्रवार बिहान ९ बजे होटल सञ्चालकका छोरा ३० वर्षीय सुरज शाह इनारमा पसेका थिए । उनी बाहिर नआएपछि उनलाई खोज्न स्थानीय १६ वर्षीय उत्सव नेपाली पनि इनारमा पसे ।
दुवैजना लामो समयसम्म बाहिर नआएपछि स्थानीय आनन्द लो डोरीको सहायताले इनारमा पस्ने क्रममा इनारको बीच भागमा पुगेपछि बेहोश भए । त्यसपछि मात्रै इनारमा पसेकाहरू दुर्घटनामा परेको हुन सक्ने अनुमान गर्दै सुरक्षाकर्मीलाई खबर गरिएको थियो । नेपाली सेनाको उद्धार टोली घटनास्थल पुगेर इनारबाट दुईजनालाई मृत अवस्थामा बाहिर निकालेको थियो ।
अचेत भएका लोलाई उपचारका लागि चितवनको भरतपुरस्थित सीएमसी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्