प्रस, परवानीपुर, १० साउन/
पर्साको जगरनाथपुर गाउँपालिकाले करोडौं मूल्यको १८ कट्ठा जग्गा लिन चासो नदेखाएको गाउँलेहरूले आरोप लगाएका छन् ।

गापाका वर्तमान जनप्रतिनिधिहरूको उदासीनताका कारण सो जग्गा लिन गम्भीरता नदेखाइएको पूर्व गापा अध्यक्ष्F जालीम मियाँले आरोप लगाए ।

हिजो गापा परिसरमा आयोजित पत्रकार सम्मेलनमा मियाँ र गाउँलेहरूले यस्तो आरोप लगाएका हुन् ।

नेकपा एमालेका नेतासमेत रहेका मियाँले आपूmले पनि १० कट्ठा जग्गा दान गर्ने प्रतिबद्धता गरेको बताए । पहिले जैनुलिया धनुइनले दिने भनेको आठ कट्ठा र आफूले दिने १० कट्ठा गरी कुल १८ कट्ठा जग्गा गापाले रजिस्टे«शन पास गराउन चासो नदिएको उनले आरोप लगाए । गाविस हुँदा नै जगरनाथपुर–४ बस्ने स्व हाकिम मियाँकी भान्जाबुहारी जैनुलिया धनुइनको नाममा अपुतालीको आठ कट्ठा जग्गा पास भएको थियो । त्यसपछि गाउँका अगुवा र जनप्रतिनिधिहरूको सक्रियतामा सो जग्गा हाकिम मियाँको अंशियारले मात्र भोगचलन गर्न पाउने अथवा सार्वजनिक हितका लागि उपयोग गर्ने भनी जैनुलियाको नामबाट स्थानीय मन्शी मियाँ, रमतुल्लाह मियाँ, दशरथ राउत, अब्दुल गफुर मियाँ र रहमत मियाँका नाममा संयुक्तरूपमा आठ कट्ठा जग्गा पास भएको थियो ।

त्यसपछि ती पाँचजनाले अदालतबाट दाखा खारेज गरी जनही एक कट्ठा १२ धुर जग्गा आआफ्नो नाममा व्यक्तिगत पुर्जा बनाए । व्यक्तिगत पुर्जा बनाइसकेपछि सो जग्गा बिक्री हुने भएकोले गाउँलेले अदालतमा मुद्दा दिए । सो मुद्दामा अदालतले उनीहरूको व्यक्तिगत पुर्जा बदर ग¥यो । २०७४ सालपछि स्थानीय तहको सरकार आएपछि जालीम मियाँ गापा अध्यक्षमा निर्वाचित भएर सोही आठ कट्ठा जग्गामा गापा कार्यालयको दुई तले भवन र प्रFथमिक विद्यालय निर्माण गराएका थिए ।

अहिले सोही भवनबाट गापाको कामकाज हुने गरेको छ । तर वर्तमान गापा नेतृत्वले करोडौं मूल्यको सो भौतिक संरचनालाई जीर्ण बनाउँदै गापा कार्यालय जगरनाथपुरको मसिहानीमा सार्ने आशङ्का बढेपछि वर्तमान निर्वाचित जनप्रतिनिधिहरूलाई ध्यानाकर्षण गराउन पूर्व गापाध्यक्ष मियाँले पत्रकार सम्मेलन गरेका हुन् । पाँचजना जग्गाधनीमध्येका रमतुल्लाका छोरा एवं वडा नं ४ का सदस्य नबी आलमले पटकपटक आपूmहरूको सो जग्गा मालपोतबाट रजिस्टे«शन गराउन गापाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई भन्दा पनि कुनै सुनवाइ नगरेको आरोप लगाए ।

अर्का जग्गाधनी रहमत मियाँले पनि जग्गापासबारेमा गापाध्यक्ष मौन रहेकाले आपूmहरू द्विविधामा रहेको बताए । गापा कार्यालय सारिएमा आफूहरूले कडा विरोध गर्ने उनले बताए । एक ठाउँमा करोडौंको सम्पत्ति निर्माण भएपछि सोको संवद्र्धन र विकास गर्नुपर्नेमा आर्थिक भार बढाउनको लागि गापा कार्यालय सारिएको खण्डमा सो कार्य सहनीय नहुने उनले बताए । मसिहानी जगरनाथपुर गापाको पूर्वी क्षेत्र हो र सो क्ष्Fेत्रमा गापा कार्यालय सारिएमा गाउँवासीलाई निकै कठिनाइ हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here