दुई दिनमा ७२ जना डिस्चार्ज, दुईजनाको मृत्यु

प्रस, वीरगंज, ३१ साउन/शुक्रवार र शनिवार वीरगंजका दुई कोभिड विशेष अस्पतालबाट ७२ जना डिस्चार्ज भएका छन्।दुईपटकको पिसिआर परीक्षण नेगेटिभ आएपछि वीरगंज हेल्थकेयरबाट २८ जना र गण्डक अस्पतालबाट ८ जना गरी ३६ जना शुक्रवार डिस्चार्ज भएका छन्। १८ देखि ६० वर्ष उमेरका ३६ जना डिस्चार्ज भएका हुन्। शुक्रवार सञ्चारकर्मी क्रान्ति साहसहित ३६ जना डिस्चार्ज भएका थिए […]

कोभिड नियन्त्रणको लागि रकम खर्च गर्न माग

प्रस, रौतहट, ३१ साउन/जिल्ला प्रशासन कार्यालय, रौतहटले विपद् व्यवस्थापन कोषमा रहेको रकम कोभिड नियन्त्रणमा खर्च गर्न गृह मन्त्रालयसँग माग गरेको छ।शुक्रवार बसेको विपद् व्यवस्थापन समितिको बैठकले गृह मन्त्रालयसँग कोषको रकम कोरोना सङ्क्रमण नियन्त्रणमा खर्च गर्न माग गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद यादवले बताए। उनले जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्र र समितिको संयुक्त बैठकले रौतहटको स्थानीय […]

सर्पले टोकेको भ्रममा परी आठजना बेहोश

प्रस, महोत्तरी, ३१ साउन/    महोत्तरीको भङ्गाहामा सर्पले टोकेको भन्ने भ्रममा परेर आठजना अचेत बनेको खबर छ। भङ्गाहा नगरपालिका वडा नं ५ शुक्रवार साँझ राजपुर टोलका १६ जनालाई सर्पले टोकेको हल्ला फैलिएको थियो। टोलका बासिन्दाहरू एकपछि अर्को आफूलाई सर्पले टोकेको शङ्का लाग्यो भन्दै आत्तिएर कराउने गरेका थिए। सो क्रममा आठजना बेहोश भएका थिए।    सर्पले टोकेर अचेत […]

मृगौलारोगीलाई आर्थिक सहयोग

प्रस, निजगढ, ३१ साउन/    निजगढ–काठमाडौं सेवा समाजले निजगढका तीनजना मृगौलारोगीलाई शनिवार आर्थिक सहयोग गरेको छ।    निजगढ नपा–९ का रजत खड्का, वडा नं. ११ की सुमिना मोक्तान र वडा नं. ४ का कृष्णप्रसाद तिमल्सिनालाई जनही ६३ हजार ४९० रुपैयाँका दरले कुल १ लाख ९० हजार ४७० रुपैयाँ प्रदान गरेको सेवा समाजका अध्यक्ष समीर पोखरेलले जानकारी दिएका […]

नाबालकद्वारा पासो लगाएर आत्महत्या

प्रस, पोखरिया, ३१ साउन/    छिपहरमाई गाउँपालिकामा एकजना नाबालकले पासो लगाएर आत्महत्या गरेका छन्। छिपहरमाई गापा–४ बन्जारीटोलमा १४ वर्षीय शिवनारायण ठाकुरले सिलिङमा गम्छाको पासो लगाएर आत्महत्या गरेका हुन्।    बिहान साढे दश बजे खाना खाएर परिवारका सबैजना बाहिर निस्किएको मौका छोपी नाबालकले गम्छाको पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको इप्रका, पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताए। […]

सांसद यादवसहित २१ जनामा कोरोना सङ्क्रमण

प्रस, सप्तरी, ३१ साउन/सप्तरी जिल्लाबाट प्रतिनिधिसभाका निर्वाचित सांसद डा सूर्यनारायण यादवसहित जिल्लामा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शुक्रवार साँझ प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले सो जानकारी दिएका हुन्।जिल्लाको राजविराज नगरपालिका घर भई हाल प्रादेशिक अस्पतालमा रहेकी २५ वर्षीया एक महिला, राजविराज नगरपालिकाका ७ देखि ६७ वर्ष उमेर समूहका पाँचजना महिला […]

त्रिभुवन राजपथ सुचारु भयो

प्रस, मकवानपुर, ३१ साउन/    त्रिभुवन राजपथ शुक्रवार साँझबाट सुचारु भएको छ। एकजनाको ज्यान जाने गरी पहिरो गएपछि बितेको ३६ घण्टादेखि सडक अवरुद्ध थियो।    सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। जिल्लाको थाहा नगरपालिका वडा नं. १२ गैरीगाउँस्थित ढुङ्गाखानी भन्ने ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। सो […]

संवैधानिक मर्मको खिलाफ

– राजेश मिश्र     “डाक्टर साहेब लइकवाके देखी ना काथी हो गइल बा, तनी दवाई क ना दीं।” झन्डै तीन/चार दशकअघि गाउँदेहातका स्वास्थ्य केन्द्र/चौकीहरूमा यस प्रकारका मर्मजनक ध्वनि प्रायः सुन्न पाइन्थ्यो। वृद्धहरू लठीले टेक्दै, महिलाहरू बच्चालाई कम्मरमा र पुरुषहरू (बच्चाले टाउको समातेर बस्ने गरी) काँधमा बोकेर अस्पताल (स्वास्थ्य केन्द्र/चौकी) आउँथे। एक/दुई जना अहेब र कार्यालय […]

माडीमा राम मन्दिर: प्रमको एक तीर तीन निशाना

– ओमप्रकाश खनाल    प्रधानमन्त्री केपीशर्मा ओलीले भगवान् रामको जन्मभूमि भारतको अयोध्यामा नभएर वीरगंजको पल्लोपट्टि ठोरीमा भएको दाबी गरेको केही समय नबित्दै चितवनको माडीस्थित अयोध्यापुरीमा राममन्दिर बनाउन निर्देशन दिए। यतिसम्म कि प्रधानमन्त्रीको एक फोनका भरमा कोरोना महामारीको कहरमा माडीका जनप्रतिनिधि हान्निएर प्रधानमन्त्री निवासमा पुगे। यसका पछाडि माडीका बासिन्दाका आफ्नै अपेक्षा छन्, जुन अस्वाभाविक पनि होइन। कुनै […]

चेतनाको प्रकाश

    चेतनाको प्रकाश जतातर्फ जान्छ, त्यता आलोक हुन्छ र जतातिर जाँदैन, त्यता अन्धकार रहन्छ। चेतनाको प्रकाशमा दुई विशेषता छ– एक, त्यसले पदार्थको ज्ञात गराउँछ भने दोस्रो, त्यसलाई प्रिय बनाउँछ। त्यसबाट जतातिर हाम्रFे चेतना जान्छ अर्थात् जुन वस्तुतर्फ हामीले ध्यान दिन्छौं, त्यो न केवल हामीलाई सबै प्रकारले ज्ञात हुन्छ, वरन् त्यो प्रिय पनि हुन्छ। जुन कुराको […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।