मृगौलारोगीलाई आर्थिक सहयोग

प्रस, निजगढ, ३१ साउन/
    निजगढ–काठमाडौं सेवा समाजले निजगढका तीनजना मृगौलारोगीलाई शनिवार आर्थिक सहयोग गरेको छ।
    निजगढ नपा–९ का रजत खड्का, वडा नं. ११ की सुमिना मोक्तान र वडा नं. ४ का कृष्णप्रसाद तिमल्सिनालाई जनही ६३ हजार ४९० रुपैयाँका दरले कुल १ लाख ९० हजार ४७० रुपैयाँ प्रदान गरेको सेवा समाजका अध्यक्ष समीर पोखरेलले जानकारी दिएका छन्।
    काठमाडौंमा उपचारार्थ बिरामीका आफन्तलाई सो समाजको काठमाडौं थापागाउँस्थित कार्यालयमा आयोजित कार्यक्रममा सहयोग रकम प्रदान गरिएको  समाजका आर्थिक सङ्कलन संयोजक प्रदीप पन्तले बताए। मानवीय सेवामा समर्पित सेवा समाजले आगामी दिनमा यस किसिमको सहयोगलाई जारी राख्ने  समाजका सदस्य विनोद भारतीले बताए। कार्यक्रमको सहजीकरण रामकुमर लामाले गरेका थिए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्