प्रस, रौतहट, ३१ साउन/
जिल्ला प्रशासन कार्यालय, रौतहटले विपद् व्यवस्थापन कोषमा रहेको रकम कोभिड नियन्त्रणमा खर्च गर्न गृह मन्त्रालयसँग माग गरेको छ।
शुक्रवार बसेको विपद् व्यवस्थापन समितिको बैठकले गृह मन्त्रालयसँग कोषको रकम कोरोना सङ्क्रमण नियन्त्रणमा खर्च गर्न माग गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद यादवले बताए। उनले जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्र र समितिको संयुक्त बैठकले रौतहटको स्थानीय तहले आआफ्नो क्षेत्रमा सय शय्याको क्वारेन्टाइन सञ्चालनमा ल्याउने र भारतलगायत विदेशबाट आउने नागरिकलाई सशस्त्र प्रहरीको समन्वयमा अनिवार्यरूपमा क्वारेन्टाइनमा राख्नुपर्ने निर्णय गरेको छ।
यसैगरी, बैठकले जिल्ला अस्पतालमा आइसोलेशन र पिसिआर मेशिन सञ्चालनको लागि सबै स्थानीय तहले रु ५/५ लाख अस्पतालको खातामा जम्मा गर्नुपर्ने निर्णय गरेको छ। पिसिआर ल्याब र आइसोलेशन व्यवस्थापनको लागि स्थानीय तहका प्रमुखको सहभागितामा उपसमिति गठन गरिएको छ। यसैगरी, जिल्लामा शङ्कास्पद अवस्थामा मृत्यु भएका सबैजनाको पिसिआर परीक्षणपश्चात् मात्र शव व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको छ।
यसैगरी, बैठकले रौतहटमा किसानहरूले मलको अभाव झेल्दै अFएकाले सोको आपूर्ति व्यवस्थापनको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ। यसैगरी, लालबकैया र बागमती नदी नियन्त्रण आयोजनाको कार्यालय, रौतहटमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय भएको प्रजिअ यादवले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here