त्रिभुवन राजपथ सुचारु भयो

0

प्रस, मकवानपुर, ३१ साउन/
    त्रिभुवन राजपथ शुक्रवार साँझबाट सुचारु भएको छ। एकजनाको ज्यान जाने गरी पहिरो गएपछि बितेको ३६ घण्टादेखि सडक अवरुद्ध थियो।
    सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। जिल्लाको थाहा नगरपालिका वडा नं. १२ गैरीगाउँस्थित ढुङ्गाखानी भन्ने ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। सो पहिरोमा परी एकजनाको मृत्यु हुनुका साथै एक्साभेटरसहित चारवटा सवारीसाधन पुरिएको थियो। हाल उक्त स्थानमा पहिरो सफा गरिएको छ तर भारी वर्षा भएमा पहाडबाट पहिरो खस्न सक्ने सम्भावना रहेको स्थानीय बासिन्दाले बताएका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here