सांसद यादवसहित २१ जनामा कोरोना सङ्क्रमण

0
281

प्रस, सप्तरी, ३१ साउन/
सप्तरी जिल्लाबाट प्रतिनिधिसभाका निर्वाचित सांसद डा सूर्यनारायण यादवसहित जिल्लामा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शुक्रवार साँझ प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले सो जानकारी दिएका हुन्।
जिल्लाको राजविराज नगरपालिका घर भई हाल प्रादेशिक अस्पतालमा रहेकी २५ वर्षीया एक महिला, राजविराज नगरपालिकाका ७ देखि ६७ वर्ष उमेर समूहका पाँचजना महिला एवं ३ देखि ६५ वर्ष उमेर समूहका ११ जना पुरुष, सप्तकोशी नगरपालिका वडा नं १ का ५४ वर्षीय एक पुरुष, बोदेबर्साइन नगरपालिका वडा नं २ का ४६ वर्षीय एक पुरुष, विष्णुपुर गाउँपालिका वडा नं १ का ४५ वर्षीय एक पुरूष र खडक नगरपालिका वडा नं २ का ४९ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
शुक्रवारअघिसम्म सप्तरीमा ११ हजार १ सय ८६ जनाको स्वाब सङ्कलन गरिएकोमा सप्तरीमा ६ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ। १ हजार ७७ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। शुक्रवार पनि सप्तरीमा ३ सय ७९ जनाको स्वाब सङ्कलन गरिएको छ। हालसम्म सप्तरीमा तीनजना कोरोना सङ्क्रमितको ज्यान गइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here