केआइआइटीका विद्यार्थीद्वारा प्रजिअलाई ज्ञापन

प्रस, वीरगंज, ९ फागुन/
भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत पर्साका विद्यार्थीहरूले शुक्रवार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विज्ञप्ति बुझाएका छन् ।

विद्यार्थीहरूले नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि नेपाली विद्यार्थीहरूले न्यायिक छानबीनको माग गरेर विरोध गरेकोमा कलेज प्रशासनले अमानवीय व्यवहार प्रस्तुत गरेर नेपाली विद्यार्थीहरूमाथि दुव्र्यवहार गरेको बताए । उनीहरूले त्यहाँको घटनाबारे प्रजिअलाई जानकारी गराउँदै नेपाल सरकारले नेपाली विद्यार्थीहरूको भविष्यबारे सुनिश्चितता नदेखाएसम्म सो कलेज नफर्कने बताए ।

विद्यार्थीहरूले पछिल्लो विकसित घटनाक्रमपछि नेपाल र भारत सरकारसमेतले कलेज प्रशासनविरुद्ध दबाब बढाएपछि कलेजले आन्तरिक कारबाही थालेको र कलेजबाट निकालिएका नेपाली विद्यार्थीहरूलाई कलेज फर्कन इमेल पठाएको बताए ।

विद्यार्थीहरूले कलेज प्रशासनको ज्यादतीका कारण असुरक्षित महसूस गरेर घर फर्केको बताए । उनीहरूले नेपाली विद्यार्थीमध्ये पर्साका विद्यार्थीहरू केहीलाई भुवनेश्वर र केहीलाई कटक स्टेशनमा छोडी हिंडेको र आफूहरू निकै तनावमा रक्सौल हुँदै वीरगंज आइपुगेकोे वृतान्त सुनाएका थिए । उनीहरूले प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि नेपाली विद्यार्थीहरूले विरोध गरेसँगै वार्डेनले घटनाबारे केही थाहा नभएको र आफूखुशी घर हिंडेको पत्रमा हस्ताक्षर गराएको जानकारी गराए ।

सो विश्वविद्यालयमा नेपालका १५ सय बढी विद्यार्थी अध्ययनरत रहेको रयसबारेमा सरकारले गम्भीरतापूर्वक विचार पु¥याउनुपर्ने माग राखे । प्रकृतिकै कोठाछेउका एकजना पर्साका विद्यार्थीले प्रकृतिले आत्महत्या गरेको घटना कलेजले चार घण्टापछि बाहिर ल्याएको बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्