अश्कद्वारा लिखित पुस्तकको लोकार्पण

प्रस, वीरगंज, ८ फागुन/
भोजपुरी प्रतिष्ठान, वीरगंजको आयोजनामा गोपाल अश्कद्वारा लिखित आधुनिक भोजपुरी समालोचना पुस्तकको लोकार्पण एवं अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंज–४ स्थित रामकुमार महावीरप्रसाद कन्या माविको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भारत बिहारका साहित्यकार प्राडा हरिन्द्र हिमकरले पुस्तकको लोकार्पण गर्दै विभिन्न पक्षबारेमा चर्चा गरेका थिए ।

पुस्तकका लेखक अश्कले भोजपुरी, नेपाली र हिन्दी भाषामा विभिन्न पुस्तकहरू लेखेर नेपाल एवं भारतमैं ख्याति कमाएको चर्चा गर्दै हिमकरले यो पुस्तक नेपाली भाषामा लेखिए पनि भोजपुरी भाषा, कला, संस्कृतिलगायतका विषयहरू समेटिएकामा खुशी व्यक्त गरे ।

भोजपुरी प्रतिष्ठान वीरगंजकी अध्यक्ष अनीता साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डे, डा विश्वम्भर शर्मा र कुमार सचितानन्दले पुस्तकमा समेटिएका विषयवस्तुका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा अखिल भारतीय भोजपुरी साहित्य सम्मेलन, भारतका साहित्य मन्त्री गुलरेज शहजाद, नेपाल भोजपुरी समाजका अध्यक्ष धु्रुवसिंह ठकुरी, उपाध्यक्ष रीतुराज, कलवार सेवा समाजका पूर्वअध्यक्ष इन्द्रदेव साह, विक्रम साह, विजयकिशोर पाण्डे, सतीशचन्द सज्जल, अनिशकान्त कुशवाहा, लेखिका अस्मिता पटेल, छोटेलाल साहलगायतको सहभागिता थियो ।

प्रतिष्ठानका सदस्य अमोद गुप्ताले स्वागत र श्याम सर्राफले सहजीकरण गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्