प्रस, वीरगंज, ८ फागुन/
नेशनल मेडिकल कलेजले बिहीवारदेखि वार्षिक सप्ताहव्यापी खेलकूद कार्यक्रम शुरू गरेको छ ।
कलेजको मैदानमा आयोजित कार्यक्रमको प्रबन्ध निर्देशक शाहनबाज अन्सारीले उद्घाटन गरेका थिए । उनले खेलकूदबाट विद्यार्थीहरूमा अनुशासन, सहकार्य र स्वस्थ जीवनशैलीको विकास हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहायक प्रधानाध्यापक डा रविशङ्कर गुप्ताले विद्यार्थीहरूलाई स्वास्थ्यप्रति जागरूक बनाउन र अनुशासन सिकाउन खेलकूद आयोजना गरिएको बताए ।
प्रधानाध्यपक डा केएन सिंहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा कलेजका प्रबन्ध निर्देशक डा नुसरत जहाँ अन्सारी, भर्ना एवं बजार निर्देशक आबिद हुसैन अन्सारी, निर्देशक डा इसरत जहाँ अन्सारी, निर्देशक डा रूबी अस्मिन, मेडिकल शिक्षा निर्देशक प्राडा एके कौशी, प्राडा सरोज देव, नर्सिड्ढा निर्देशिका गङ्गा गुरुङ, डा बबिता सिंहलगायतको सहभागिता कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले बताए ।
उनले एमबिबिएस, बिडिएस, बिएमएलटी, बिएमआइटी र नर्सिड्ढा विद्यार्थीहरू सहभागी साताव्यापी प्रतियोगितामा फूटबल, भलिबल, क्रिकेट, टेबुलटेनिस, ब्याडमिन्टन, बास्केटबल, बुद्धिचाल (चेस)लगायतका खेलहरू समावेश गरिएको बताए ।