निश्शुल्क आँखा शिविर, २९ जनामा मोतीबिन्दु

प्रस, वीरगंज, ७ फागुन/
किरण आँखा अस्पतालको आयोजनामा बारा जिल्लाको परवानीपुर गाउँपालिका–२ स्थित रामपुर स्वास्थ्य चौकी रामपुर टोकनीमा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ । वडाध्यक्ष महमद नुरूल होदाले शिविर उद्घाटन गरेका थिए ।

शिविरमा १४१ जनाको आँखा परीक्षण भएकामा २९ जनामा मोतीबिन्दु फेला परेको किरण आँखा अस्पतालकी आरती गुप्ताले बताइन् । उनले मोतीबिन्दु भएका बिरामीहरूको शल्यक्रिया अस्पतालमा निश्शुल्क हुने बताइन् । कार्यक्रममा वडा सचिव सन्तोषी नेपाली, अस्पतालका पुष्पा सर्राफ, कमलेश कुमार, रामबाबू चौरसियालगायतको सहभागिता थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्