सामुदायिक विद्यालयको उन्नति र शिक्षकको मनोविज्ञान

– अनन्तकुमार लाल दास सामुदायिक विद्यालयको खस्कँदो स्थितिको सम्बन्धमा चर्चा गर्दा सम्पूर्ण दोष त्यहाँ काम गर्ने शिक्षकहरूमाथि थुपार्ने आम प्रवृत्ति भइसकेको छस किनभने यो आफ्नो दोष लुकाउने सबैभन्दा सजिलो तरीका हो। यदि इमानदारीका साथ दोष कसको हो भनेर खोज्ने हो भने शिक्षासँग सम्बन्धित सबैको वास्तविकता खुल्ने डर छ। यस्तो शिक्षक विरोधी वातावरणमा शिक्षकहरूको मनोविज्ञान, उनीहरूको […]
नदीजन्य पदार्थ उत्खनन नगराउन पुनः अन्तरिम आदेश जारी

प्रस, निजगढ, ४ फागुन/ बाराको निजगढ नगरपालिका र कोल्हवी नगरपालिकालाई नदीजन्य पदार्थ उत्खनन नगर्न, नगराउन, नदिनु नदिलाउन उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले गत माघ १४ गते सोमवार जारी गरेको अल्पकालीन अन्तरिम आदेशको पूर्णरूपमा पालना गर्न, गराउन आइतवार पनि पुनः एक साताका लागि आदेश जारी गरेको छ । आज भएको बहसमा अदालतका न्यायाधीशद्वय नीलम पौडेल […]
सञ्चालकलाई पक्राउ गर्न माग गर्दै कलैयामा प्रदर्शन

प्रस, वीरगंज, ४ फागुन/ नवजन्म सुधार केन्द्रका सञ्चालक साहेब मन्सुरलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आइतवार कलैयामा प्रदर्शन गरिएको छ । कलैया उपमहानगरपालिका–१ स्थित उक्त केन्द्रमा कुटपिट गरी हत्या गरिएका युवक प्रदीपप्रसाद मण्डलका परिवार र स्थानीयले आज विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापन बुझाएका हुन् । पीडितहरूले सञ्चालकलाई पक्राउ गर, पीडितलाई […]
दुई विद्यालयलाई प्याड र मेशीन हस्तान्तरण

नरेश यादव, पर्सागढी, ४ फागुन/ ग्रामीण रिसर्च रामजानकी बगिया पर्सागढी नगरपालिका–४ को आयोजना, वीरगंज महानगरपालिका–११ की जुही कलवारको आर्थिक सहयोग तथा जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान पर्साको सहकार्यमा आइतवार वीरगंज महानगरपालिका–३१ मा रहेका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सोलखपुर र लक्ष्मीदेवी बाबुलाल हंसवाहिनी माध्यमिक विद्यालय, कोनियालाई सेनेटरी प्याड तथा मेशीन हस्तान्तरण गरिएको छ । कार्यक्रमकी प्रमुख […]
आन्तरिक राजस्वका कर्मचारी पुग्दा भिस्वाका व्यापारीहरू भागे

सुग्रीव साह, भीस्वा, ४ फागुन/ आन्तरिक राजस्व कार्यालय, वीरगंजले आइतवार भिस्वा बजारमा व्यापारीहरूलाई सचेतना गराउन जाँदा व्यापारीहरू पसल बन्द गरेर भागेका थिए । आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरूले आज भिस्वाका व्यापारीहरूलाई फागुन मसान्तसम्म कर चुक्ता गर्दा लाग्ने जरिबाना माफी हुने बारेमा सचेतना गराउन दिउँसो पुगेका थिए । तर आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरू भिस्वा आउँदै गरेको सूचना […]
राजनीति जनताको लागि गर्नुपर्छ –डा कोइराला

बलिराम शुक्ला, बिरुवागुठी, ४ फागुन/ नेपाली काङ्ग्रेसको सय दिने अभियान आइतवार सम्पन्न भएको छ । पर्सागढी नगरपालिका–६ चैनपुरमा आज कार्यक्रम आयोजना गरी अभियानको समापन गरिएको हो । नेका पर्सा क्षेत्रीय कार्यसमिति–२ द्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकाका केन्द्रीय सदस्य एवं सांसद डा शशाङ्क कोइरालाले समाज रूपान्तरणका लागि नेकाले सय दिन अभियान सञ्चालन गरेको बताए । […]
बोध दिवसमा दाइजोरहित विवाह र रक्तदान

प्रस, वीरगंज, ४ फागुन/ सतलोक आश्रम धनुषामा सन्त रामपालजी महाराजको ३८औं बोध दिवस यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । यही फागुन ३ देखि ५ गतेसम्म धनुषा जिल्लाको मिथिला नपा–२ बेलचापीमा तीन दिवसीय अखण्ड पाठ र भण्डारा कार्यक्रम अन्तर्गत आइतवार दोस्रो दिन सातजना जोडीको दाइजोरहित सामूहिक विवाह गराइएको थियो । यसैगरी, कार्यक्रममा […]
तर्साउन हतियार राखेको होइन –इन्चार्ज जमसैद

प्रस, रौतहट, ४ फागुन/ सामाजिक सञ्जालमा हातहतियारको प्रदर्शन जनमत पार्टीका नेताले गरेपछि अहिले आलोचना शुरू भएको छ । सामाजिक सञ्जालमा हातहतियारको प्रदर्शन गर्न कानूनले निषेध गरे तापनि जनमत पार्टीका नेताले हतियारको प्रदर्शन गरेर आलोचनाको पात्र बनेका छन् । जनमत पार्टी रौतहट जिल्ला इन्चार्ज शेख जमसेदले सामाजिक सञ्जाल फेसबूकमा राखेको तस्वीरमा नेपाल सरकारका पूर्वखानेपानीमन्त्री एवं जनमत […]
ट्रकको ठक्करबाट एकजनाको मृत्यु, एकजना घाइते

प्रस, वीरगंज, ४ फागुन/ जीतपुरसिमरा उपमहानगरपालिका–१ सिमरामा आइतवार दिउँसो ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजना युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन । इलाका प्रहरी कार्यालय, सिमराले जनाए अनुसार बाबा पेट्रोल पम्पबाट मोटरसाइकलमा पेट्रोल भरेर पथलैयातर्फ जान लागेको मोटरसाइकललाई पथलैयाबाट सिमरातर्फ आउँदै गरेको ट्रकले ठक्कर दिंदा मोटरसाइकलमा सवार जीतपुरसिमरा उपमहानगर–२ बस्ने ३० […]
२२ वटा मदिरापसलमा छापा

प्रस, वीरगंज, ४ फागुन/ ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरले आइतवार सो क्षेत्रमा रहेका घरेलु मदिरापसलमा छापा मारी डेढ सय लिटर मदिरा नष्ट गरेको छ । आदर्शनगर क्षेत्रमा रहेका करीब २२ वटा मदिरापसलमा आज छापामारी गरेको र त्यहाँबाट बरामद डेढ सय लिटर घरेलु मदिरा नष्ट गरिएको ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतानले बताए । उनले घरेलु मदिराको अवैध […]