ट्रकको ठक्करबाट एकजनाको मृत्यु, एकजना घाइते

प्रस, वीरगंज, ४ फागुन/
जीतपुरसिमरा उपमहानगरपालिका–१ सिमरामा आइतवार दिउँसो ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजना युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन ।

इलाका प्रहरी कार्यालय, सिमराले जनाए अनुसार बाबा पेट्रोल पम्पबाट मोटरसाइकलमा पेट्रोल भरेर पथलैयातर्फ जान लागेको मोटरसाइकललाई पथलैयाबाट सिमरातर्फ आउँदै गरेको ट्रकले ठक्कर दिंदा मोटरसाइकलमा सवार जीतपुरसिमरा उपमहानगर–२ बस्ने ३० वर्षीय उदितनारायण झाको मृत्यु भएको र सोही ठाउँ निवासी १८ वर्षीय उत्पल आचार्य घाइते भएका थिए ।

ट्रकको ठक्करबाट घाइते झाको वीरगंजस्थित एसएल न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र आचार्यको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको कारण चालक र सहचालकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, सिमरामा राखिएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्