प्रस, वीरगंज, ४ फागुन/
ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरले आइतवार सो क्षेत्रमा रहेका घरेलु मदिरापसलमा छापा मारी डेढ सय लिटर मदिरा नष्ट गरेको छ ।
आदर्शनगर क्षेत्रमा रहेका करीब २२ वटा मदिरापसलमा आज छापामारी गरेको र त्यहाँबाट बरामद डेढ सय लिटर घरेलु मदिरा नष्ट गरिएको ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतानले बताए । उनले घरेलु मदिराको अवैध बिक्रीले सो क्षेत्रमा समस्या बढ्दै गएको कारण सामुदायिक प्रहरी सेवा केन्द्रको सहयोगमा छापामारी गरिएको बताए ।