मधेसका पत्रकारहरूको स्वास्थ्य र दुर्घटना बीमा हुन्छ–मुख्यमन्त्री सिंह

प्रस, परवानीपुर, २० भदौ/ मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मधेस सरकारले आठ जिल्लाका पत्रकारहरूको लागि रु एक लाखको स्वास्थ्य बीमा र सात लाखसम्मको दुर्घटना जोखिम बीमाको व्यवस्था गरी चालू आवको बजेटमा रकम विनियोजन गरिसकेको बताएका छन् । न्यूज २४ टेलिभिजनको वीरगंजमा बिहीवारदेखि सञ्चालनमा आएको प्रादेशिक कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले चालू आवमा स्वास्थ्य र दुर्घटना […]
२०८१ भदौ २१ गते शुक्रवारको प्रतीक दैनिक

पढ्न यहाँ क्लिक गर्नुहोला
वन क्षेत्रमा उद्योग चलाए कारबाई– डिएफओ झा, सामुदायिक वनभित्रको अस्फाल्ट बेचिङ प्लान्ट हटाउने तयारी

प्रस, निजगढ, २० भदौ/ कुनै पनि बहानामा वन क्षेत्रभित्र कानूनविपरीत उद्योग सञ्चालन गरे, गराइएको पाइए कानूनी कारबाई गर्ने डिभिजन वन कार्यालय, बाराको भर्खरै कार्यभार सम्हालेका प्रमुख एवं डिएफओ राजीवकुुमार झाले बताएका छन् । ऐन, कानून सबैका निम्ति बराबर हुने भएकोले वन ऐन, नियमविपरीत रहेको कुनै पनि उद्योग अविलम्ब हटाइने बताउँदै विगत करीब चार वर्षदेखि कानूनविपरीत […]
मन्त्री गुप्ताद्वारा जीतपुरसिमराकी प्रप्रअ काफ्लेको अमेरिका भ्रमण रद्द

प्रस, वीरगंज, २० भदौ/ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काप्mलेको अमेरिका भ्रमण रद्द गरेको बताएका छन् । मन्त्री गुप्ताले प्रमुख प्रशासकीय अधिकृत काप्mलेमा कर्मचारी अनुशासनहीनता देखिएका कारण कारबाईस्वरूप अमेरिका भ्रमण रद्द गरिएको बताए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृत काप्mलेको अमेरिका भ्रमण […]
शिक्षित र सक्षम युवा नै समृद्ध नेपालको आधार–मन्त्री यादव

प्रस, वीरगंज, २० भदौ/ खानेपानीमन्त्री प्रदीप यादवले शिक्षित र सक्षम युवा पुस्ता नै नेपाललाई समृद्ध र स्वावलम्बी बनाउने प्रमुख आधार भएको बताएका छन् । बिहीवार वीरगंज महानगरपालिका–३० ले आयोजना गरेको एसइई उत्तीर्ण गरेका छात्राहरूलाई कम्प्युटर वितरण तथा लोकसेवा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा ल्यापटप वितरण कार्यक्रममा बोल्दै उनले प्राविधिक शिक्षाको महŒवमाथि जोड दिए । मन्त्री यादवले […]
फैजल मियाँको मृत्यु सम्बन्धमा पर्सा प्रहरीद्वारा अनुसन्धान, सशस्त्र प्रहरी यादव र फरार राहुल सर्राफ पनि पक्राउ

प्रस, वीरगंज, २० भदौ/ वीरगंज महानगरपालिकाका सूचना प्रविधि शाखामा कार्यरत फैजल मियाँको मृत्यु सम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको छ । साउन ३१ गते राति ११ः३३ बजे वीरगंज महानगर–१६ माईधिया पोखरीनजीक तीव्र गतिमा रहेको कार एक्कासि रोकिंदा पछाडिबाट आइरहेका मियाँ सवार मोटरसाइकल ठोक्किएको थियो र मियाँको मेडिसिटी वयोधा अस्पतालमा उपचारको क्रममा भदौ ३ गते मृत्यु भएको […]
दीपेशले फेसबूकमा हसाएरै मासिक ४० हजार कमाउँछन्

प्रस, परवानीपुर, २० भदौ/ भोजपुरी हास्य भिडियो बनाएर सामाजिक सञ्जाल फेसबूकबाट दीपेश शर्माले मासिक ४० हजार कमाउन थालेका छन् । रौतहट, मौलापुर नगरपालिका–७ पथराबुधराम निवासी २५ वर्षीय दीपेशले भोजपुरी हास्य भिडियो फेसबूकमा राख्दै आएका र सोबापत मासिक ४० हजार आर्जन गर्ने गरेको बताए । उनले भोजपुरीमा राम्रा हास्य कुराहरू गरेर फेसबूक र युट्युबमा अपलोड गर्दै […]
‘महिलाहरूलाई स्वतन्त्रता र सामाजिक एकता प्रदान’

प्रस, परवानीपुर, २० भदौ/ पर्साको जगरनाथपुर गाउँपालिकाको आयोजनामा वडा नं ६ सन्ठीमा तीज पर्वको अवसरमा बिहीवार शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । पूर्वमन्त्रि एवं सांसद रमेश रिजालले दर खाने कार्यक्रमको उद्घाटन गर्दै तीज पर्वको दर खाने कार्यक्रमले महिलाहरूको स्वतन्त्रता र एकता झल्काएको बताए । उनले अहिले तीज पर्वको दर खाने कार्यक्रमले […]
उपकार सेवा नेपालद्वारा वृक्षारोपण

प्रस, वीरगंज, २० भदौ/ उपकार सेवा नेपालले विभिन्न स्थानमा वृक्षारोपण गरेको छ । ठाकुर राम बहुमुखी क्याम्पस, नृसिंह मावि पिपरा र विश्व हिन्दू संस्कृत विद्यापीठ आधारभूत विद्यालय लक्ष्मणवामा गरी एक हजार १५० वटा बिरुवा रोपिएको छ । रोपिएका बिरुवाको संरक्षण एवं संवद्र्धन गरिने उपकार सेवा नेपालकी अध्यक्ष विद्याकुमारी सरावगीले बताइन् । कार्यक्रममा ठाराब शिक्षा सङ्कायका […]
सिप्रदीद्वारा अन साइट सर्भिस क्याम्प तथा प्रदर्शनी

प्रस, वीरगंज, २० भदौ/ सिप्रदीले ‘उत्साह, उमङ्ग अनि हर्ष, टाटासँग दशैं’ नाराका साथ अन साइट सर्भिस क्याम्प तथा स्पेयर पाट्र्सको प्रदर्शनी गरेको छ । टाटा कम्पनीका साना तथा ठूला गाडीहरूको अन साइट सर्भिस क्याम्पमा ५० भन्दा बढी गाडीको परीक्षण गरी सेवा प्रदान गरिएको थियो । कार्यक्रममा सिप्रदीमा बिक्री गरिने नियाल मेनिला, टाटा स्पेयर पाट्र्स, एक्साइड […]