दीपेशले फेसबूकमा हसाएरै मासिक ४० हजार कमाउँछन्

प्रस, परवानीपुर, २० भदौ/
भोजपुरी हास्य भिडियो बनाएर सामाजिक सञ्जाल फेसबूकबाट दीपेश शर्माले मासिक ४० हजार कमाउन थालेका छन् ।

रौतहट, मौलापुर नगरपालिका–७ पथराबुधराम निवासी २५ वर्षीय दीपेशले भोजपुरी हास्य भिडियो फेसबूकमा राख्दै आएका र सोबापत मासिक ४० हजार आर्जन गर्ने गरेको बताए । उनले भोजपुरीमा राम्रा हास्य कुराहरू गरेर फेसबूक र युट्युबमा अपलोड गर्दै आएको बताए । २०७३ सालमा एचए अध्ययन गरी हाल दीपेश धादिङमा मेडिकल पोली क्लिनिक चलाउँदै छन् ।

दीपेश पछिल्लो समय सामाजिक सञ्जालमा हास्य कार्यक्रममार्फत राम्रै नाम कमाइरहेका छन् । उनको प्रस्तुति श्लील हुने हुँदा अश्लीलताविरुद्ध उनको व्यङ्ग्यात्मक विरोध पनि चलिरहन्छ । दीपेशको फेसबूकमा एक लाख २० हजार फलोअर्स छन् । सन् २०१६ देखि टिकटकबाट उनले हास्य यात्रा शुरू गरेका हुन् । अहिले हास्य कार्यक्रम गर्दै आए पनि आफ्नो उद्देश्य अभिनेता बन्ने रहेको उनी बताउँछन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्