प्रस, वीरगंज, २७ फागुन/
जिएचपी माध्यमिक विद्यालयले मङ्गलवार ग्रान्ड जुनियर स्पोट्र्स मिट कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक खेलकूद तालिका अनुसार यसपटक पनि विद्यार्थीहरूबीच दौड प्रतियोगिता, बनाना इटिङ, सामूहिक दौड र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
विद्यालयका निर्देशक जग सिंहको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन वडाध्यक्ष हीरा गिरीले गरेका थिए । उनले शिक्षाका साथै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराइएकामा विद्यालयको प्रशंसा गरे ।
निर्देशक सिंहले विद्यार्थीहरूलाई प्रेरित गर्न तथा उनीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । खेलकूदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महŒवपूर्ण भूमिका खेल्ने भएकोले विद्यालयले हरेक वर्ष खेल गतिविधि सञ्चालन गर्दै आएको उनले बताए ।
कार्यक्रममा वडाध्यक्ष गिरीले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।