प्रस, वीरगंज, २० भदौ/
सिप्रदीले ‘उत्साह, उमङ्ग अनि हर्ष, टाटासँग दशैं’ नाराका साथ अन साइट सर्भिस क्याम्प तथा स्पेयर पाट्र्सको प्रदर्शनी गरेको छ ।
टाटा कम्पनीका साना तथा ठूला गाडीहरूको अन साइट सर्भिस क्याम्पमा ५० भन्दा बढी गाडीको परीक्षण गरी सेवा प्रदान गरिएको थियो ।
कार्यक्रममा सिप्रदीमा बिक्री गरिने नियाल मेनिला, टाटा स्पेयर पाट्र्स, एक्साइड ब्याट्री, टाटा पन्च इभीको प्रदर्शनी गर्नुका साथै दशैं उपहार योजनाको प्रचारप्रसार गरिएको थियो ।