धनुषा, ४ असार/रासस

जनकपुरधाममा मैथिली भाषा, साहित्य तथा संस्कृतिको उत्थानमा क्रियाशील मैथिली विकास कोषको सङ्ग्रहालयसहित भवन निर्माण अन्तिम चरणमा पुगेको छ। कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार जनकपुरधाम–८ मा रहेको विहारकुण्डको पश्चिमपट्टि भवन निर्माण पूरा हुने क्रममा छ।

मधेस प्रदेशको राजधानी जनकपुरधामको संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भवन निर्माण शुरू गरिएको थियो। अध्यक्ष चौधरी भन्छन्, “भवनमा सङ्ग्रहालय स्थापना भएपछि यो पर्यटकहरूका लागि पनि गन्तव्य बन्नेमा विश्वास लिएका छौं।”

मधेस प्रदेश सरकारको रु सात करोड लगानीमा निर्माण भएको चार तले भवनमा सङ्ग्रहालय, तीन सयजना अटाउने सभाहल तथा नाटकघर, पुस्तकालय, स्टुडियोसहितका सुविधा रहनेछन्। जनकपुरधामको सीताकुण्डको जग्गा भाडामा लिएर भवन निर्माण गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here