हालै गरिएको नयाँ अनुसन्धान अनुसार प्रतिदिन माउथवाश गर्नेहरूलाई क्यान्सरको खतरा हुन्छ। जर्नल अफ मेडिकल माइक्रोबायोलोजीमा प्रकाशित यो अध्ययनले दैनिक माउथवाश प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने उल्लेख गरेको छ। अन्वेषकहरूले पत्ता लगाएका छन् माउथवाशले मुखमा पाइने केही ब्याक्टेरियाको मात्रा बढाउँछ। यी ब्याक्टेरियाहरू गिजा रोग, ग्रFसनली क्यान्सर, पेटको क्यान्सर र शरीरका अन्य रोगहरूसँग जोडिएका छन्।
क्यान्सरको जोखिम : अन्वेषकहरूका अनुसार गिजा र शरीरका अन्य रोगहरूबाहेक माउथवाशले खानानलीको क्यान्सर र पेटको क्यान्सरको जोखिम पनि बढाउन सक्छ। मुखको स्वास्थ्य प्रत्यक्षरूपमा शरीरमा क्यान्सरको जोखिमसँग सम्बन्धित हुन्छ, विशेषगरी मुख र शरीरभित्रको क्यान्सर। मुखको सरसफाइ राम्ररी नगर्नाले मुखमा सङ्क्रमण र गिजाको रोग निम्त्याउन सक्छ, जसले मुख लगातार सुन्निने गर्छ। यो सुजन क्यान्सरको लागि एक ज्ञात जोखिम घटक हो। शरीरमा सुजनको प्रक्रियाले कोशिकाहरूमा परिवर्तन र उत्परिवर्तन निम्त्याउन सक्छ, जसले अन्ततः क्यान्सर निम्त्याउन सक्छ।
गिजाको रोगले गिजामा सुजन र सङ्क्रमण निम्त्याउँछ। यो मुखको क्यान्सर, ग्रासनली क्यान्सर, प्यान्क्रियाटिक क्यान्सर र पेटको क्यान्सरको बढ्दो जोखिमसँग जोडिएको छ। गिजा रोगको लागि जिम्मेवार ब्याक्टेरिया फ्युसोब्याक्टेरियम न्युक्लिेयटम रगतमा प्रवेश गरेर शरीरका अन्य भागहरूमा पुग्न सक्छ र सम्भावितरूपमा सुजन र क्यान्सरमा योगदान गर्न सक्छ।
अध्ययनले फ्युसोेब्याक्टेरियम न्यूक्लिएटम र स्ट्रेप्टोकोकस एन्जिनोससको मात्रा माउथवाशपछि उल्लेखनीयरूपमा बढेको पत्ता लगाएको छ। फ्युसोेब्याक्टेरियम न्यूक्लिएटम र स्ट्रेप्टोकोकस एन्जिनोसस विभिन्न सङ्क्रमण र रोगसँग जोडिएको महत्वपूर्ण ब्याक्टेरिया हो। फ्युसोेब्याक्टेरियम न्युक्लिएटम गिजाको रोगमा अहम् भूमिका निर्वाह गर्छ र सुजन र ट्युमरको विकासलाई बढावा दिनुको कारण यसलाई पेटको क्यान्सरसँग पनि जोडिएको छ। यसले तन्तुहरूमा आक्रमण गर्न सक्छ र शरीरको आन्तरिक स्वास्थ्यलाई असर गर्न सक्छ।
स्टेप्ट्रोकोकस एन्जिनोसस, स्ट्रेप्टोकोकस एन्जिनोसस गु्रप (एसएजी)को भाग हो, जुन सामान्यतया मुख र पाचनतन्त्रमा पाइन्छ। यसले विशेषगरी कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूमा फोहोर र गम्भीर सङ्क्रमण निम्त्याउँछ। यी दुवै ब्याक्टेरियाहरूले मुखको स्वास्थ्य र शरीरमा अन्य रोगहरूबीच रहेको महत्वपूर्ण सम्बन्ध दर्शाउँछ।
कमजोर मौखिक स्वच्छता प्रायः अन्य जोखिमपूर्ण बानीहरू, जस्तै–धूमपान र अत्यधिक मदिरा सेवनसँग जोडिएका हुन्छन्। यी दुवै मुख, घाँटी र अन्ननलीको क्यान्सरसहित विभिन्न क्यान्सरहरूको लागि ज्ञात जोखिमका कारक हुन्। यी पदार्थले म्युकोसल तहलाई क्षति पु–याउन सक्छ र डिएनए उत्परिवर्तन गर्न सक्छ, जसले क्यान्सर निम्त्याउँछ।
दैनिक ब्रसिङ, फ्ललसिङ र दन्त जाँचमार्फत राम्रो मौखिक स्वास्थ्य कायम गर्नाले सुजन र ब्याक्टेरियाको भार कम गर्न मदत गर्न सक्छ, जसबाट सम्भावितरूपमा क्यान्सरको जोखिम कम हुन सक्छ। मौखिक स्वास्थ्यसम्बन्धी समस्याहरू तुरुन्तै समाधान गर्नुपर्छ र स्वस्थ जीवनशैली अँगालेर क्यान्सर रोकथाम गर्न सकिन्छ।