प्रस, वीरगंज, १५ वैशाख/
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजमा आयोजित स्वच्छ एवं स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तीकरण कार्यक्रमको मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराईले उद्घाटन गरेका छन् ।

कार्यक्रममा मन्त्री भट्टराईले आध्यात्मिक कुराबारे जानकार र यसबारेमा ज्ञान लिएको व्यक्तिले समाजलाई नकारात्मक दिशातर्फ नदोहो-याउने जिकिर गरे । आध्यात्मज्ञाताले साथी सर्कल, आफन्त, समाज कसैलाई पनि घात नगर्ने बताए ।

उनले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको माध्यमबाट शान्ति व्यवस्थापनमा गहकिलो काम भएको बताए ।

आध्यात्मिक विद्याद्वारा शान्ति प्राप्ति गर्न सकिन्छ भन्ने सन्देश प्रवाहमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले राम्रो काम गरिरहेकोले विश्वभर यसका शाखाहरू विस्तार भएको बताए । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र क्षेत्रीय कार्यालय वीरगंजकी क्षेत्रीय सञ्चालिका राजयोगिनी ब्रह्माकुमारी रविना दिदीले सन् २०२४/२५ लाई लक्षित गरेर स्वच्छ एवं स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तीकरण कार्यक्रम विश्वव्यापीरूपमा घोषित कार्यक्रम भएको र वीरगंजमा यसको क्षेत्रीय सभा शुभारम्भ गरिएको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here