काठमाडौं, २४ फागुन/रासस
चलचित्र ‘उपहार’मा मोफसलबाट काठमाडौं आएर सङ्घर्ष गर्नेको कथालाई महिला पात्रमार्पmत चित्रण गरिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् । भोलि शुक्रवार (फागुन २५ गते)देखि प्रदर्शन गरिने उपहारको विषयमा जानकारी दिंदै उनले तीन महिला पात्रले चलचित्रलाई अगाडि बढाउने जानकारी दिए ।

“मैले आफ्नो कथालाई महिला पात्रमार्पmत भन्ने कोशिश गरेको छु । यो नारीप्रधान चलचित्र हो । हामीले पुरुष पात्रमार्पmत कथा भन्ने एकै किसिमका चलचित्र दर्शकमाझ ल्याउनुहुन्न भन्ने लागेर नयाँ धार र सङ्घर्षको कथा ल्याएको हो,” निर्देशक देउजाले भने, “यो चलचित्र हेर्दा दर्शकले आफ्नै कथा महसूस गर्नुहुन्छ । उहाँहरूकै दुःख, भोगाइ र जीवनलाई चलचित्रमा ल्याउने प्रयास गरेको छु ।”

उनले चलचित्रमार्पmत नयाँ प्रतिभालाई अवसर दिएको जानकारी दिए । देउजाका अनुसार अभिनेता, गायक, गायिकाले पहिलोपटक चलचित्रमा काम गरेका छन् । उनले भने, “मैले अघिल्ला चलचित्रमा पनि नयाँ प्रतिभालाई दर्शकसम्म ल्याउने गरेको थिएँ । हामीले नयाँ र पुराना कलाकारलाई साथमा ल्याउनुपर्छ । यसले गर्दा चलचित्रलाई नयाँ अनुहार पनि प्राप्त हुन्छ ।”

उनले अभिनेत्री रेखा थापासँग सात बढी चलचित्रमा काम गरेकाले सहकार्य सम्भव भएको बताए । अभिनेत्री थापाको निर्माण र अभिनय रहेको चलचित्र भएकाले पनि यसमा महिलाका मुद्दालाई उठाइएको देउजाको भनाइ छ ।

“चलचित्रमा सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेका छौं । यहाँ समाज रूपान्तरणका कुरादेखि समाजमा भइरहने घटनाक्रम पनि उठान गरेका छौं,” अभिनेत्री थापाले भनिन्, “मेरो चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै सन्देश दिने गरेको छ । त्यही शैलीलाई निरन्तरता दिएकी छु ।”

‘उपहार’ चलचित्रमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिसा हमाल, मुकुल भुसाल, तेज गिरी, समर्पणजङ्ग कार्की, शिशिर राणा, सुषमा कार्की, विनोदकुमार पौडेललगायत कलाकारले अभिनय गरेका छन् ।

रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र वितरण काठमाडौं उपत्यकामा करण श्रेष्ठ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here