काठमाडौं, २४ फागुन/रासस
काठमाडौं उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जिपिएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्विक रेस्पोन्स टीम (ई–क्युआरटी’ परिचालन गर्न सुरुआत गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी सेवा चुस्त एवं सेवालाई प्रविधिमैत्री बनाउनका लागि ‘सेफर भ्याली प्रोजेक्ट’ अवधारणा अन्तर्गत नागरिकका गुनासो तथा घटनाको ‘क्विक रेस्पोन्स’ गर्न ई–क्युआरटी परिचालन गरेको हो ।

प्रहरीलाई प्रविधिमैत्री तथा प्रमाण र तथ्यमा आधारित अपराध अनुसन्धानलाई थप बलियो बनाउँदै खटेका प्रहरी कर्मचारीमाथिको नियमनलाई समेत प्रभावकारी बनाउन प्रविधिमा आधारित क्विक रेस्पोन्स टीम परिचालन गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले बताए ।

पहिलो चरणमा काठमाडौं जिल्लाभरिका ६० टीमलाई डिजिटल प्रविधिसहित परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर तथा मातहत वृत्त/प्रभागबाट जिपिएस प्रणालीद्वारा प्रहरीको क्विक रेस्पोन्स टीमलाई सम्बन्धित घटना घटेको स्थानमा यथाशीघ्र पुग्ने वातावतण निर्माण गर्न २४सैं घण्टा प्रहरी नियन्त्रण कक्षबाट ‘ट्र्याकिङ’ गर्न सकिनेगरी विद्युतीय प्रणाली जडान गरिएको छ ।

टोली घटनास्थलमा पुग्नासाथ घटनास्थलको यथार्थ विवरणसहित प्रहरी कामकारबाई र पीडित वा सेवाग्राहीसँग गरेको व्यवहारको समेत स्वचालित नियन्त्रण कक्षमैं रेकर्ड हुने तथा नियन्त्रण कक्षबाट समेत क्युआरटी टीमको गतिविधि तथा घटनास्थलबारे लाइभ हेर्न सकिनेगरी ६० क्युआरटीको शरीरमा क्यामरासमेत थप गरिएको छ ।

उनीहरू पहिलो रेस्पोन्स गर्ने टोलीको रूपमा २४सैं घण्टा फिल्डमा परिचालन हुने खत्रीले बताए । उनीहरूमार्पmत प्रहरीको कारबाईलाई शीघ्र, चुस्त एवं प्रभावकारी बनाउन टोलीलाई जिपिएस ट्र्याकिङ डिभाइस, भिडियो क्यामेरा, रेडियो सेट, बत्तीसहितको साइरनलगायत अन्य सुरक्षा सामग्रीसहित खटाइएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उक्त टोलीमार्पmत अब काठमाडौं उपत्यकाको सुरक्षा प्रविधिमैत्री हुँदै थप प्रभावकारी हुनेसमेत बताए । उनले प्रहरीलाई प्रविधिमैत्री बनाउने काममा उपत्यका प्रहरीले उच्च प्राथमिकता दिंदै आएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here