वीरगंजमा रामजानकी मन्दिरको प्राणप्रतिष्ठा

प्रस, वीरगंज, ८ माघ/ वीरगंज महानगर–१० घडीअर्वास्थित रामजानकी मन्दिरमा सोमवार भगवान् रामको प्रतिमाको प्राणप्रतिष्ठा गरिएको छ । वीरगंज महानगरको आयोजनामा आज स्थानीय समाजसेवी सोनालाल गुप्ताले राम भगवान्को प्रतिमाको प्रFणप्रतिष्ठा गरेका थिए । साढे सात दशकअघि निर्मित रामजानकी मन्दिर सर्वसाधारणको लागि खुला थिएन । नगरप्रमुख राजेशमान सिंहले केही महीनाअगाडि सो मन्दिर सर्वसाधारणको लागि खुला गर्नुका साथै […]

सिम्रौनगढ छोटी भन्सारको विकास गर्छौं –अर्थमन्त्री

रामेश्वर मेहता, सिम्रौनगढ, ८ माघ/ अर्थमन्त्री डा प्रकाशशरण महतले सिम्रौनगढ छोटी भन्सारको विकास एवं विस्तार गर्ने बताएका छन् । सोमवार सिम्रौनगढ छोटी भन्सार नाकाको निरीक्ष्Fण गर्दै उनले स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई बिस्तारै अगाडि बढाउन आवश्यक पूर्वाधार तयार पार्ने बताए । उनले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महŒवपूर्ण हुने बताए […]

पक्राउ पुर्जी जारी भएसँगै २० जनाभन्दा बढी फरार, वन समूहका अध्यक्ष थापालाई दुईपटक म्याद थप

प्रस, निजगढ, ८ माघ/ वन अतिक्रमणविरुद्ध पक्राउ पुर्जी जारी भएको चार महीनापछि वन समूहका अध्यक्ष पक्राउ परेपछि मुद्दा लागेका एकै गाउँका २० जनाभन्दा बढी मानिसले गाउँ छाडेका छन् । निजगढ नगरपालिका–२ सिंगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिद्धबहादुुर थापालाई गत पुुस २८ गते पक्राउ गरी डिभिजन वन कार्यालय, बाराले अनुुसन्धान अघि बढाएपछि बारा जिल्ला […]

वीरगंजमा वृन्दावन होटल, इशामार्ट सञ्चालन

प्रस, वीरगंज, ८ माघ/ वीरगंजमा थप नयाँ होटल सञ्चालनमा आएको छ । वीरगंज महानगर–५ कन्या माविअगाडि सञ्चालनमा आएको वृन्दावन होटलको सोमवार नगरप्रमुख राजेशमान सिंहले उद्घाटन गरे । होटल सञ्चालक पप्पु सर्राफले १० करोड लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएको बताए । सर्राफ परिवारद्वारा नै वीरगंजमा अनमोल स्वीट्स र हेटौंडामा अनमोल होटल तथा स्वीट्स सञ्चालनमा छन् । […]

दुर्घटनामा मृत्यु भएका युवकहरूको शव उठाउन परिवारजनले मानेनन्

प्रस, वीरगंज, ८ माघ/ मोटरसाइकल दुर्घटनामा हिजो ज्यान गुमाएका नेशनल मेडिकल कलेजमा अध्ययनरत दुईजना युवकको शव उनीहरूका परिवारले उठाउन नमान्दा नारायणी अस्पतालको शवगृहमा छ । हिजो बिहान वीरगंज–१५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पतालनजीकै सडकमा मेडिकल कलेजमा अध्ययनरत बारा, हर्दिया निवासी २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला निवासी २१ वर्षीय सुमित यादव मृत अवस्थामा फेला परेका […]

कलैयामा आयुर्वेद फार्मेसीको उद्घाटन

प्रस, वीरगंज, ८ माघ/ ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी प्रमुख मीना दिदीले कलैया, बसपार्कस्थित ऋषिकुल आयुर्वेद फार्मेसीको शाखा उद्घाटन गरेकी छन् । कार्यक्रममा उनले आयुर्वेदिक औषधिका फाइदाबारे बताएकी थिइन् । फार्मेसीकी सञ्चालिका अञ्जली गुप्ताले फार्मेसीमा सात सयभन्दा बढी रोगको प्राकृतिक पद्धतिबाट उपचार गरिने बताइन् । उनले फार्मेसीमा कोरियाली प्रविधिको एडभान्स थेरापी मेशीनको प्रयोगबाट पनि उपचार गरिने […]

गायत्री शक्तिपीठमा पाँच कुण्डीय महायज्ञ

नितेश कर्ण, वीरगंज, ८ माघ/ वीरगंज महानगरपालिका–१ स्थित वेदमाता गायत्री शक्तिपीठमा पाँच कुण्डीय महायज्ञ सम्पन्न भएको छ । अयोध्यामा रामललाको प्रतिमा प्राणप्रतिष्ठा भएको अवसरमा गायत्री शक्तिपीठमा पाँच कुण्डीय महायज्ञ आयोजना गरिएको हो । भारतको देवसंस्कृत विश्वविद्यालय शान्तिकुञ्ज, हरिद्वारबाट इन्टर्नशिप गर्न आएका विद्यार्थीहरू भाष्कर साहु, श्रुति कश्यप, सेफाली सिंहले आज गायत्री शक्तिपीठ वीरगंजमा महायज्ञ गरेको वेदमाता […]

एनआई कपः वीरगंज पब्लिक कलेज विजयी

प्रस, वीरगंज, ८ माघ/ नारायणी क्रिकेट मैदान, वीरगंजमा जारी नेशनल इन्फोटेक (एनआई) कप–२०८० अन्तर्गत सोमवार एउटा मात्र खेल सम्पन्न भएको छ । आज सम्पन्न खेलमा वीरगंज पब्लिक कलेजले नेशनल एकेडेमीलाई ६९ रनअन्तरले पराजित ग-यो । पहिला ब्याटिङ गर्दै वीरगंज पब्लिकले १९.५ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनाएको थियो । वीरगंज पब्लिकका अफजल अन्सारीले २५, […]

सामाजिक दुरवस्थामा अध्यात्मको महत्व

• राजेन्द्रप्रसाद कोइराला २१ औं शताब्दीको द्रुत गतिको विज्ञान र प्रविधिको भौतिक विकासको निरन्तरतासँगै मानिसहरू निरन्तर आधुनिक जीवनका चुनौतीहरूसँग जुधिरहेका छन् । समाजमा अशान्ति र अराजकताको अवस्थाले संसारलाई गाँजिरहेको छ । लडाइँ, घृणा, तिरस्कार, आपसी द्वन्द्वले आज संसार पिरोलिइरहेको छ । यी र यस्तै विषयले गर्दा आज अध्यात्मको अपरिहार्यता बढेको छ । केही सामाजिक विकृतिका […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।