प्रस, वीरगंज, ८ माघ/
नारायणी क्रिकेट मैदान, वीरगंजमा जारी नेशनल इन्फोटेक (एनआई) कप–२०८० अन्तर्गत सोमवार एउटा मात्र खेल सम्पन्न भएको छ ।

आज सम्पन्न खेलमा वीरगंज पब्लिक कलेजले नेशनल एकेडेमीलाई ६९ रनअन्तरले पराजित ग-यो । पहिला ब्याटिङ गर्दै वीरगंज पब्लिकले १९.५ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनाएको थियो । वीरगंज पब्लिकका अफजल अन्सारीले २५, यदुवंशी बैठाले २३ र सक्ष्Fम खड्काले १९ रन बनाएका थिए ।

नेशनल एकेडेमीका साहनीकुमार कलवारले चार र वीरेन्द्र साह कानूले तीन विकेट लिएका थिए ।
१४० रनको विजयी लक्ष्य पाएको नेशनल एकेडेमी १३.२ ओभरमा सबै विकेट गुमाएर ७० रनमा सीमित भयो । नेशनलका नितेश सर्राफले २८ र रोशन पटेलले २१ रन बनाएका थिए । वीरगंज पब्लिकका राहुल बैठा, वाल्मीकि राउत र अफसर हुसेनले दुई/दुई विकेट लिएका थिए । यस खेलको ‘म्यान अफ दी म्याच’ वीरगंज पब्लिकका यदुवंशी बैठा घोषित भएको एनआई कलेजका प्रबन्ध निर्देशक मनीष सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here