प्रस, वीरगंज, ८ माघ/
मोटरसाइकल दुर्घटनामा हिजो ज्यान गुमाएका नेशनल मेडिकल कलेजमा अध्ययनरत दुईजना युवकको शव उनीहरूका परिवारले उठाउन नमान्दा नारायणी अस्पतालको शवगृहमा छ ।

हिजो बिहान वीरगंज–१५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पतालनजीकै सडकमा मेडिकल कलेजमा अध्ययनरत बारा, हर्दिया निवासी २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला निवासी २१ वर्षीय सुमित यादव मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले दाबी गरेको छ ।

उनीहरू हिजो बिहान सो ठाउँमा मृत अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मोटरसाइकलसहित ती दुई युवक मृत फेला परेकोले दुर्घटनाबाट मृत्यु भएको आकलन गरेको छ ।

शव शल्यपरीक्ष्Fणको लागि नारायणी अस्पतालमा आइतवार बिहान पठाइएको र शल्यपरीक्ष्Fण भएपनि परिवारजनले शव उठाउन मानेका छैनन् । परिवारजनले मेडिकल कलेजमा अध्ययनरत आप्mना छोराहरू कसरी होस्टेलबाहिर निस्किए, कलेज प्रशासनले यसमा किन लापरवाही ग-यो भन्ने कुराको छानबीन हुनुपर्ने र क्ष्Fतिपूर्तिसहित दोषीउपर कारबाई हुनुपर्ने माग गरेका छन् ।

घटना सम्बन्धमा हिजो प्रहरीले दुवै पक्षलाई सहमतिमा ल्याउने प्रयास गरे पनि सफल भएन । पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले हिजो सहमति भएन, आज रामजानकी मन्दिरमा प्रFणप्रतिष्ठालगायत धार्मिक कार्यक्रमका कारण बैठक बसाउन नसकिएको बताए । उनले मङ्गलवार यसबारेमा छलफल हुने र सहमतिको प्रयास गरिने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here