रामेश्वर मेहता, सिम्रौनगढ, ८ माघ/
अर्थमन्त्री डा प्रकाशशरण महतले सिम्रौनगढ छोटी भन्सारको विकास एवं विस्तार गर्ने बताएका छन् ।

सोमवार सिम्रौनगढ छोटी भन्सार नाकाको निरीक्ष्Fण गर्दै उनले स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई बिस्तारै अगाडि बढाउन आवश्यक पूर्वाधार तयार पार्ने बताए । उनले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महŒवपूर्ण हुने बताए ।

अर्थमन्त्री डा महतले दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर भारतीय पक्षसँग कुराकानी गरी सिम्रौनगढ भन्सार नाकाको स्तरोन्नति गर्ने बताए । उनले खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महŒवपूर्ण रहेको बताए । उनले बारा जिल्लाको औद्योगिक करिडोर विस्तार सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेको बताए ।उनले भने, “विमानस्थल बन्यो भने बाराको महŒव अझ विस्तार हुन्छ । बारामा अधिकांश सडक बनिसकेका छन् । मरिन सुनकोशी डाइभर्सन निर्माण भएपछि बारामा सिंचाइका लागि दुःख नहुने र त्यसपछि बाराको कृषि उत्पादनका साथै उद्योग, व्यापार र व्यवसाय बढ्ने बताए ।

उद्योग वाणिज्य सङ्घ सिम्रौनगढका अध्यक्ष लालबाबूप्रसाद कुशवाहालगायत उद्योगी–व्यापारीहरूले आआप्mनो समस्याबारे अर्थमन्त्रीलाई जानकारी गराएका थिए । उनीहरूले वीरगंज र गौरको बीचमा एउटा पनि ठूलो भन्सार नभएकोले मालसामान भन्सार पास गर्न वीरगंज वा गौर जानुपर्दा यसबाट समय र लागत पनि थपिने बताएका थिए ।

तामागढी–सिम्रौनगढ सडकमा पर्ने जग्गाको मुआवजा दिनुपर्ने, नेपाल राष्ट्र बैंकको सटही काउन्टर खोल्नुपर्ने माग राखेका थिए ।

कार्यक्रममा नेका मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, बारा क्षेत्र नं १ का सभापति विजयशङ्कर यादव, डिजी सोधाकान्त पौडेल, वीरगंज भन्सार प्रमुख डिलाराम पन्थी, नेका मधेस प्रदेश सदस्य उपेन्द्रप्रसाद जयसवाल, नगर सभापति नागेन्द्रसाह कानू, जयन्त कुशवाहालगायतको सहभागिता थियो । यसअघि अर्थमन्त्री महतले प्रसिद्ध शक्तिपीठ कङ्कालीमाईमा गई पूजाअर्चना गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here