प्रस, वीरगंज, ८ माघ/
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी प्रमुख मीना दिदीले कलैया, बसपार्कस्थित ऋषिकुल आयुर्वेद फार्मेसीको शाखा उद्घाटन गरेकी छन् ।
कार्यक्रममा उनले आयुर्वेदिक औषधिका फाइदाबारे बताएकी थिइन् । फार्मेसीकी सञ्चालिका अञ्जली गुप्ताले फार्मेसीमा सात सयभन्दा बढी रोगको प्राकृतिक पद्धतिबाट उपचार गरिने बताइन् । उनले फार्मेसीमा कोरियाली प्रविधिको एडभान्स थेरापी मेशीनको प्रयोगबाट पनि उपचार गरिने बताइन् ।