तलब माग गर्दै सिम्रौनगढका शिक्षक, कर्मचारीहरू विद्यालय बन्द गरी आन्दोलनमा

प्रस, सिम्रौनगढ, २२ मङ्सिर/ सिम्रौनगढ नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीहरू हिजो बिहीवारदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा कार्यरत अस्थायी, करारका कर्मचारी र शिक्षकहरूले तलब नपाएको विरोधमा नगरपालिकाका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीहरू हिजोदेखि विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । अस्थायी, करारका कर्मचारी र शिक्षकहरूले तलब नपाएको विरोधमा […]

सरकारी समर्थन मूल्यमा धान खरीद शुरू

नितेश कर्ण, वीरगंज, २२ मङ्सिर/ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, वीरगंजले शुक्रवारदेखि सरकारी समर्थन मूल्यमा सोना मन्सुली र जीरा मसिनो धान खरीद गर्न शुरू गरेको छ । कम्पनी वीरगंजका प्रमुख विकाश कटुवालले पर्सेली किसानहरूको उत्पादन सोना मन्सुली र जीरा मसिनो धान सरकारी समर्थन मूल्यमा शुक्रवारदेखि खरीद कार्य शुरू गरेको बताए । उनले सोना मन्सुली […]

ठोरीमा ६९ जनामा मोतीबिन्दु

माधव तिमिल्सिना, ठोरी, २२ मङ्सिर/ ठोरी गाउँपालिका–५ सानो बाघमोर्चामा तिलगङ्गा आँखा केन्द्र, निचुटाको प्राविधिक सहयोगमा शुक्रवार सम्पन्न आँखा शिविरमा ६९ जना मोतीबिन्दुका बिरामी फेला परेका छन् । ठोरी गापा–५ वडा कार्यालयको आयोजनामा सम्पन्न आँखा शिविरको गापाध्यक्ष लालबहादुर श्रेष्ठले उद्घाटन गरेका थिए । शिविरमा २३७ महिलासहित ४२४ जनाको आँखा परीक्षण गरिएकामा ६९ जनामा मोतीबिन्दुको समस्या देखिएको […]

गढीमाई नपामा दरबन्दीभन्दा १३ गुणा करारका कर्मचारी भर्ना

प्रस, रौतहट, २२ मङ्सिर/ गढीमाई नगरपालिकाका प्रमुखलगायत कार्यपालिका पदाधिकारीहरूको निर्णयबाट करारमा चार सय कर्मचारी नियुक्त भएका छन् । नगरपालिकामा चार सय कर्मचारी नियुक्त भएपछि नगरपालिकाको आर्थिक भार बढेको छ ।करारमा भर्ना भएका कर्मचारी गणना गर्दा दरबन्दीभन्दा १३ गुणा कर्मचारी बढी छन् । करारका कर्मचारीसहित अहिले नगरपालिकालाई वार्षिक रु ११ करोड तलबबापत भुक्तानी गर्नुपर्ने हुन्छ । […]

ठगी मुद्दाका आरोपी वडाध्यक्ष पटेल अझै फरार, अन्य पक्राउ

प्रस, वीरगज, २२ मङ्सिर/ पर्सा प्रहरीले किर्ते ठगी मुद्दाको आरोपमा हिजो एकजना महिलालाई पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–२ निवासी सङ्गीतादेवी यादवलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको बुझिन आएको छ । बहुदरमाई नगरपालिकाको चर्चित काण्डमध्ये एक यो किर्ते ठगी मुद्दाका अन्य आरोपीहरू पक्राउ परेका तर यसै मुद्दाका आरोपी वडाध्यक्ष जीतेन्द्र पटेल भने अहिलेसम्म पक्राउ परेका […]

वन उपभोक्ता समितिको अध्यक्षमा हक विजयी

प्रस, वीरगंज, २२ मङ्सिर/ विन्ध्यवासिनी कोइलाभार बडनिहार साझेदारी वन उपभोक्ता समितिको अध्यक्षमा नेपाली काङ्ग्रेसबाट बागी उम्मेदवार रिजवानुल हक विजयी भएका छन् । गत असार २९ गते उद्घाटनसत्र चल्दै गर्दा उच्च अदालत जनकपुरको वीरगंज इजलासले साउन ४ गतेसम्मको लागि निर्वाचन प्रक्रिया रोकेको थियो । त्यसपछि शुक्रवार निर्वाचन भएको हो । अध्यक्षसहित १३ सदस्यको लागि आज भएको […]

सिलाइकटाइ तालीम समापन

प्रस, वीरगंज, २२ मङ्सिर/ लायन्स क्लब अफ वीरगंजद्वारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरवानामा आयोजित छ महीने सिलाइकटाइ तालीम समापन भएको छ । ग्रामीण महिलाहरूलाई सीपमूलक तालीम प्रदान गरेर रोजगार बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले छ महीने सीपमूलक सिलाइकटाइ तालीम आयोजना गरेको लायन्स क्लबका राधेश्याम खेतानले बताए । लायन्स क्लब अफ वीरगंजका अध्यक्ष पप्पु श्रीवास्तवको अध्यक्षता तथा साना […]

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको १४औं दिन

प्रस, सेढवा, २२ मङ्सिर/ लैङ्किक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रवार १४औं दिन जीराभवानी गाउँपालिका, क्याप्टिभेटिङ इन्टरनेशनल, आसमान नेपालको संयुक्त आयोजनामा जीराभवानी गापामा -याली, कोणसभा र चित्रकला प्रदर्शनी कार्यक्रम गरिएको छ । जीराभवानी गापा कार्यालयबाट निकालिएको -याली विभिन्न नाराहरू लगाएर सेढवा परिक्रमा गरी नेरामावि, सेढवामा कोणसभा गरेको थियो । कोणसभामा गापाका प्रमुख प्रशासकीय अधिकृत अमित […]

ऋण लिन नागरिकता बन्धकी

तरही (सप्तरी), २२ मङ्सिर/रासस साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ ? यसको जवाफ हुन्छ, गरगहना, जेबर, जग्गाजमीन वा अन्य चलअचल सम्पत्ति । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटैलका विपन्न हरवाचरवा दलित परिवारलाई साहुकहाँ बन्धकीमा आफ्नो नागरिकता राख्नुपरेको छ । डाक्नेश्वरी–३ हटैल निवासी सुकराती, अच्छेलाल, सनोज, कृष्णा, रामसुन्दर, सोनाई, शिवचन्द्र, भिखन र दशन सदाको नागरिकता भारतीय साहुले करीब […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।