प्रस, वीरगंज, २२ मङ्सिर/
लायन्स क्लब अफ वीरगंजद्वारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरवानामा आयोजित छ महीने सिलाइकटाइ तालीम समापन भएको छ ।
ग्रामीण महिलाहरूलाई सीपमूलक तालीम प्रदान गरेर रोजगार बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले छ महीने सीपमूलक सिलाइकटाइ तालीम आयोजना गरेको लायन्स क्लबका राधेश्याम खेतानले बताए ।
लायन्स क्लब अफ वीरगंजका अध्यक्ष पप्पु श्रीवास्तवको अध्यक्षता तथा साना किसान सहकारी संस्थाका अध्यक्ष राजन पौडेलको प्रमुख आतिथ्यमा आयोजित समापन समारोहमा लायन्सका मनोहर टिबडेवाला, राजेश वर्णवाल, गोविन्द कर्ण, प्रवीण कुमारले मन्तव्य व्यक्त गरेका थिए ।
छ महीने सीपमूलक तालीममा डुमरवानाका १२० जना महिला सहभागी रहेका र उनीहरूलाई उर्मिला देवीले प्रशिक्षण दिएको खेतानले बताए ।