नितेश कर्ण, वीरगंज, २२ मङ्सिर/
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, वीरगंजले शुक्रवारदेखि सरकारी समर्थन मूल्यमा सोना मन्सुली र जीरा मसिनो धान खरीद गर्न शुरू गरेको छ ।

कम्पनी वीरगंजका प्रमुख विकाश कटुवालले पर्सेली किसानहरूको उत्पादन सोना मन्सुली र जीरा मसिनो धान सरकारी समर्थन मूल्यमा शुक्रवारदेखि खरीद कार्य शुरू गरेको बताए । उनले सोना मन्सुली रु ३,३६२/– र जीरा मसिनो रु ३,५००/– प्रतिक्वीन्टल खरीद मूल्य तोकिएको बताए । यसका लागि प्रतिकिसान ३० क्वीन्टलसम्म धान बिक्री गर्न अनिवार्यरूपमा नेपाली नागरिकताको प्रतिलिपि र सय क्वीन्टलसम्म बिक्रीका लागि नेपाली नागरिकता, सम्बन्धित पालिकाबाट किसान प्रमाणित सिफारिश र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ल्याउनुपर्ने बताए ।

आजै सूचना जारी गरी कम्पनीले धान खरीद गर्न शुरू गरेको तर आज किसानहरू धान बिक्रीका लागि आउन सकेनन् । आइतवारदेखि किसानहरू धान बिक्री गर्न आउने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here