काठमाडौं, ५ भदौ/रासस
यो सातामा कारोबारको सुरुआती दुर्ई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तेस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ ।

मङ्गलवार नेप्से परिसूचक १७ दशमलव ६९ अङ्कले बढेर दुई हजार १५ दशमलव ९८ बिन्दुमा कायम भएको हो । विभिन्न २७७ कम्पनीका ६० लाख ३१ हजार ३५६ कित्ता शेयर ३४ हजार ५०८ पटक खरीद–बिक्री हुँदा रु एक अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ बराबरको कारोबार भएको छ । १८१ कम्पनीका शेयर मूल्य बढ्दा ४२ कम्पनीका शेयर मूल्य घटेका छन् ।

नेप्से परिसूचकसँगै सबै उपसमूहको सूचक पनि हरियो देखिएका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूह १२२ दशमलव ४९ र उत्पादन तथा प्रशोधन समूह ८३ दशमलव ९१ अङ्कले बढेका छन् । बैंकिङ चार दशमलव ७६, विकास बैंक ४३ दशमलव १०, वित्त ३७ दशमलव ५८, होटल तथा पर्यटन ७० दशमलव ५८ र जलविद्युत् समूह ३४ दशमलव ३० अङ्कले बढेका छन् ।

त्यस्तै, लगानी समूह शून्य दशमलव ५९, जीवन बीमा ५० दशमलव ०५, लघुवित्त १६ दशमलव ५१, व्यापार १६ दशमलव ७२ र अन्य समूहका उपसूचक २१ दशमलव ७४ अङ्कले बढेका छन् । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा चार दशमलव ४२ प्रतिशतले गिरावट आएको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक प्रमोटर शेयर रु २८ करोड ५९ लाख १९ हजार ६०६ बराबरको दुई लाख ५३ हजार २६२ कित्ता शेयर किनबेच भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here