लहान, ४ भदौ/रासस

तराई–मधेसको लाइफलाइनका रूपमा रहेको हुलाकी सडक अन्तर्गत सिराहा र सप्तरीमा निर्माणाधीन अधिकांश पुल समयमा पूरा नहुँदा दुवै जिल्लाका बासिन्दालाई सास्ती भइरहेको छ।

ठेकेदार कम्पनीको लापरवाहीका कारण अधिकांश पुल समयमा निर्माण सम्पन्न नहँुदा सर्वसाधारण हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । सिराहाको औरही गाउँपालिकास्थित गागन खोलामा निर्माणाधीन पुल ठेकेदार कम्पनीको लापरवाहीका कारण अलपत्र पर्दा वक्र्षायाममा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेको स्थानीयवासी मुकेश यादवले बताए ।

हुलाकी सडक अन्तर्गत पूर्व बरियारपट्टिदेखि पश्चिम सदरमुकाम सिराहासम्मको सडकमा कालोपत्र सकिए पनि गागन खोलामा पुल निर्माण हुन नसक्दा सिराहाका एक दर्जनभन्दा बढी गाउँँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पुल निर्माण कार्य शुरू भएको एक वक्र्ष बित्न लाग्दा पनि १० प्रतिशत पनि काम हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

खोलामा पुल नहुँदा कामविशेक्षले सदरमुकाम सिराहा बजार आवतजावत गर्ने सो क्षेत्रका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्काेतिर खोला गहिरो भएकोले बाढीको बेला सवारीसाधन नै भासिने जोखिम पनि त्यत्तिकै छ । उनले भने, “पुल नहुँदा कतिपय जोखिम उठाएरै खोला तरेर सदरमुकाम पुग्छन् भने कतिपय लामो र घुमाउरो बाटोबाट आवतजावत गर्न बाध्य छन् ।”

करीब २० वक्र्षअघि सडक डिभिजन कार्यालयले सो खोलामा पुल निर्माण गरेको थियो तर पुल निर्माण सम्पन्न भएको १० वक्र्षपछि आएको ठूलो बाढीले पुलदेखि ३५० मिटर उत्तरको पूर्वी बाँध भत्काएर खोलाले साबिकको पुलदेखि २०० मिटर पूर्वबाट धार बनाएर बग्न थालेपछि सो क्षेत्रका स्थानीयवासीको आवतजावत कष्टकर बनेको हो । “खोलाले धार परिवर्तन गर्दा साबिकको खोलामा पानी बग्न छोडेको छ तर त्यहाँ पुल छ । धार परिवर्तन गरेको स्थानबाट अहिले बाह्रै महीना पानी बग्ने गरेको छ,” सिराहाको बरियारपट्टि गाउँपालिका–३ का महेश यादवले भने, “सुक्खायाममा त केही सहज हुन्छ, तर वक्र्षायाममा यस क्षेत्रका नागरिकलाई आवतजावत गर्न गा¥हो हुन्छ ।”

हुलाकी राजमार्गको औरही खण्डमा गागन खोलाले बनाएको ती दुर्ईवटै खोला सामरिक हिसाबले निकै महŒवपूर्ण रहेको स्थानीयवासीको अनुभव छ । सो खोलामा हीराचन रोशन कन्स्ट्रक्शन प्रालिमार्फत रोशन कन्स्ट्रक्शनले पुल निर्माणको काम गर्दै आएको छ । तीन वक्र्षभित्र सकिने गरी २०७६ सालमा सम्झौता भएको सो पुल निर्माणका काम कछुवा गतिमा हुँदा स्थानीयवासी निराश बनेका छन् । “पुल निर्माणका लागि अहिलेसम्म पिलर मात्र ठड्याइएको छ,” औरही गाउँपालिका–१ का शिवनाथ यादवले भने, “कामको गति हेर्दा निर्धारित समयमा काम सम्पन्न हुने छाँटकाँट देखिंदैन ।” पुल निर्माणलाई गति दिन आग्रह गर्दा पनि कुनै सुनुवाइ हुन नसकेको उनको गुनासो छ ।

सम्झौता अनुसार नै काम अघि बढाएको निर्माण कम्पनीका साइड इन्चार्ज दानालाल यादवले बताए । “सम्झौता भएर २०७७ पुस महीनादेखि पुल निर्माणको काम थालेका छौं,” उनले भने, “बर्सात् शुरू भएपछि काम रोकिएको हो, वक्र्षा रोकिएपछि कात्तिक महीनादेखि काम पुनः शुरू गर्नेछौं ।” खोलामा कुनै बेला पनि ठूलो बाढी आउन सक्ने भएकोले पुलको काम अघि बढाउन नसकिएको उनको कथन छ ।

यस्तै, हुलाकी राजमार्ग अन्तर्गत सिराहा र धनुक्षा जोड्ने कमला नदीको पुल सञ्चालनमा नआउँदै भासिएको छ । वक्र्षासँगै कमला नदीमा आएको बाढीका कारण नवनिर्मित पुलको एउटा पिलर भासिएपछि बाटो पुनः अवरुद्ध भएको छ । सञ्चालनको तयारी भइरहेका बेला गत असार १७ गते आएको बाढीले पुलको एउटा पिलर भासिएको थियो । पुलमा १२ स्पान (पिलर) छन् । ४७० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको उक्त पुल निर्माणका लागि पप्पु लुम्बनी बिल्डर्सले २०६८ सालमा सम्झौता गरेको थियो ।

पुल निर्माण पूरा भइसकेकोले केही दिनमैं सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला पुल भासिएपछि स्थानीयवासी चिन्तित बनेका छन् । भासिएको पुल पुनर्निर्माणको तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ । त्यस्तै, हुलाकी सडक अन्तर्गत सप्तरीका विभिन्न स्थानमा ११ वटा पुल निर्माणाधीन अवस्थामा छन् । त्यसमध्ये कुनै पनि पुलको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । सप्तरीको बिहुल नदी, खडक, कजरा, मुतनी, घोडदहलगायत नदीमा निर्माणाधीन पुल समयमा पूरा नहुँदा स्थानीय बासिन्दालाई आवतजावतमा सास्ती भइरहेको छ ।

करीब छ वक्र्षअघि शुरू भएको मुतनी नदीको पुल निर्माण कार्य अझै पूरा हुन नसक्दा स्थानीयवासी कष्टकर यात्रा गर्न बाध्य छन् । सो पुल अरनिको, लामा, वाग्मती जेभी काठमाडौंले २०७२ असार २५ गते सम्झौता गरी २०७४ असारमा निर्माण काम पूरा गर्नुपर्ने निर्माणस्थलमा राखिएको सूचना बोर्डमा उल्लेख छ । निर्माणको म्याद सकिएको चार वक्र्ष भइसक्यो तर अहिलेसम्म पुल निर्माण कार्यले पूर्णता नपाएकाले सदरमुकाम राजविराज पुग्न ठूलै सास्ती भइरहेको सप्तरीको डाक्नेश्वरी नगरपालिकाका गजेन्द्र मण्डलले बताए ।

मुतनी खोलामा रु चार करोड ७७ लाख ३६ हजार ९४५ र कजरहा खोलामा रु दुर्ई करोड ४४ लाख छ हजार ४८ को लागतमा पुल निर्माण गर्ने सम्झौता भएको छ । सो खोलामा समयमा पुल नबन्दा केही दिनअघि मात्र एक सुत्केरीलाई उपचारका लागि राजविराज अस्पताल लग्दै गर्दा बाटोमैं उनको मृत्यु भएको थियो ।

तराईका जिल्ला जोड्ने सर्वाधिक चर्चित आयोजना हुलाकी राजमार्गको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाडास्थित मुतनी खोलाको पुल समयमा निर्माण हुन नसक्दा सुत्केरीको मृत्यु भएको भन्दै विरोध प्रदर्शन भएको थियो ।

वक्र्षाैंदेखि पुल निर्माणाधीन अवस्थामा रहेको भन्दै उनले वैकल्पिक बाटो डाइभर्सन राम्रोसँग नबनाएका कारण हिलाम्मे सडकमा एम्बुलेन्समा अस्पताल जाँदै गरेकी शम्भुनाथ नगरपालिका जमुवाकी एकजना सुत्केरीको मुतनी पुलमैं मृत्यु भएको स्थानीयवासीको भनाइ छ ।

यसका साथै अधिकांश पुल निर्माणका लागि प्रयोग गरिएका सिमेन्ट, छड, बालुवा, गिट्टी गुणस्तहीन रहेको प्रत्यक्षदर्शीको भनाइ छ । पूर्व राजविराजदेखि पश्चिम बलान नदीसम्मको २५ किलोमिटर सडकमा करीब १८ किलोमिटर सडक कालोपत्र भएपनि पुल निर्माण कम्पनीले समयमा पुलको काम सम्पन्न नगर्दा बीचको खण्डमा बाटो बनाउन नसकिएको रौता श्रेष्ठ दिवा जेभीका कन्ट्याक्ट मेनेजर कमलप्रसाद यादवले जानकारी दिए ।

पुल निर्माणमा भइरहेको ढिलाइका कारण हुलाकी सडक निर्माणको काममा समेत अवरोध भइरहेकाले यसलाई तीव्रता दिन निर्माण कम्पनीलाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here