राजनीतिक गाईजात्रा नदेखाऊ

0
  • वैधनाथ ठाकुर

पर्वते समाजमा एउटा उखान छ– कहीं नभएको जात्रा हाँडी गाउँमा । यो उखान सोह्रै आना नेपाली राजनीतिमा चरितार्थ भइरहेको छ । हुनत नेपाल संसारको दोस्रो गरीब देश हो तर नयाँ–नयाँ सिद्धान्त आविष्कार गर्ने मामिलामा यो पहिलो देश हो । देशभक्त भनेको के हो ? भनेपछि देश बेच्न सक्ने खूबी भएकाहरूलाई देशभक्त भनिन्छ ।

कम्युनिस्ट भनेको के हो ? गरीबलाई हेप्न सक्ने, उसको सपना बेच्न सक्ने, माक्र्सवादको समय अनुसारको विकासक्रममा दलाल पूँजीपतिहरूको दलाली गर्न सक्ने, दक्षिणपन्थीहरूको जूठोपुरो खाएर उत्सव मनाउने, आफ्नो घर भत्काउने, अर्काको घर बनाउन सक्ने खूबीले भरिपूर्ण व्यक्तिहरू एक नम्बरका कम्युनिस्ट हुन् । यस्ता नयाँ–नयाँ परिभाक्षा दिन सक्ने नेपालबाहेक अन्त कहींका पनि कमरेडहरूले सक्दैनन् ।

नेपाली कम्युनिस्टहरूको नम्बर एक विशेक्षता भनेको आफूलाई भने जस्तो पद पार्टीभित्र र सरकारमा पाएको छ भने सबै कुराको जयजयकार गर्ने चाहे त्यो चरम आर्थिक अनियमितताको कुरा किन नहोस् वा सङ्गठनात्मक अनुशासनविरुद्धको कुरा किन नहोस् तर जब आफ्नो पद खतरामा पर्न थाल्यो वा आफूले भनेजस्तो भएन भने हिजोसम्म जयजयकार गरिएको नेता उतिखेरैबाट संसारकै एक नम्बरको भ्रष्ट, प्रतिक्रियावादीको दलाल, प्रतिगमनकारी, चरित्रहीन जस्ता अनेकौं आरोपको ओइरो लाग्न थाल्छ । यस्तोमा ती व्यक्तिले आफ्नो कमजोरी लुकाउन पार्टी संशोधनवादमा लागेको नेतृत्व गैरमाक्र्सवादी भएकोले आफूले सच्चा क्रान्तिकारी पार्टी बनाएर पुनर्गठन गर्ने झूटो घोक्षणा गर्दै फट्याइँको नयाँ संस्करणको सुरुआत गर्दछ ।

यतिबेला कम्युनिस्ट आन्दोलनको मूलधारको रूपमा आफूलाई ठहर गर्दै आएका नेकपा एमाले औपचारिकरूपमैं फुटेको छ । महान् क्रान्तिकारी इतिहास बोकेको कमरेड माधवकुमार नेपालको अध्यक्षतामा नेकपा एमाले समाजवादी पार्टी दर्ताको लागि निर्वाचन आयोगमा गएको छ । आफ्नो दुई तिहाइको वाम सरकार ढालेर काङ्ग्रेसको खुट्टामुनि छिरेका माधव कमरेड, झलनाथ कमरेडलगायतका महान् कमरेडहरूको महानतामा अहिले झन् चारचाँद लागेको छ ।

काङ्ग्रेसको खुट्टामुनि छिरेर भएपनि ओलीजस्ता प्रतिगामीलाई सिध्याउन सफल भएकोमा माधव एन्ड कम्पनी मात्रै होइन नेपाली काङ्ग्रेस तथा प्रचण्ड खेमा पनि साह्रै खुशी भएका छन् । कुनै बेला माओवादीको टाउको काटेर ल्याऊ र पचास लाख रुपैयाँ लैजाऊ जस्तो प्रगतिशील घोक्षणा गर्ने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सफल हुनु निस्सन्देह अग्रगामी कार्य हो ।
यस्तो उच्च नैतिकता प्रदर्शनको लागि इतिहासले सुनौलो अक्षरमा महान् कमरेड माधवकुमार नेपाल र प्रचण्डलाई स्वागत, शुभकामना र बधाई पक्कै दिनेछ ।

भनिन्छ, हग्नेलाईभन्दा देख्नेलाई लाज । यति भइसक्दा पनि आफूहरू क्रान्तिकारी रहेको, माक्र्सवादी रहेको, समाजवादको लागि फेरि पार्टी पुनर्गठन गरेर लागिपरेको जस्तो बकवासपूर्ण कुरा गर्दा कसरी लाज नलागेको होला ? देख्ने सुन्नेहरू अचम्भित छन् । आजको एक्काइसौं शताब्दीमा मान्छे यति लाटो छ र उसले जे भने पनि पत्याउँछ । अब सही कुरा बताएर अगाडि बढ्दा बरु जनताले पत्याउँछ । अर्को चुनावमा फेरि मत दिएर जिताउँछ । सही कुरा के हो त ?

दिउँसोको घामजस्तै छर्लङ्ग छ, आजको सत्य । तथ्यहरूलाई मिलान गरेपछि सत्य बाहिर आइ नै हाल्छ । हिजो केपीशर्मा ओलीले पार्टी फुटाउन सकिने अध्यादेश ल्याउँदा संसद्मा रोइलो मचाउने यिनै माधवकुमार नेपाल, प्रचण्ड, नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी होइनन् त ? अनि आज त्यही विधेयक शेरबहादुर देउवाले ल्याउँदा किन सबै चुपचाप छन् । खोइ त यतिबेला संविधान निर्माण गर्दा पार्टी र सरकारसम्बन्धी हाम्रो अनुभवले हैरानी खेपेरै पार्टी नफुटोस् भनेर यस्तो चालीस प्रतिशतको प्रावधान राखेको भन्नेहरूको रोइलो रातारात मौन मुस्कानमा के कति स्वार्थले परिवर्तन भयो ? यो सबैको हिसाबकिताब एक न एक दिन इतिहासले अवश्य नै गर्नेछ ।

नेकपा एमालेको झन्डै दुई तिहाइको वाम सरकार ढल्नु र काङ्ग्रेसको सरकार बन्नुसम्मको प्रक्रिया हेर्दा एउटा कुरा प्रस्ट हुन गएको छ कि वर्तमान अवस्थामा प्रतिनिधिसभाभित्र रहेका सबै वाम पार्टी सही मानेमा वाम पार्टी होइनन् । यिनीहरू सबै विदेशी शक्ति राष्ट्रहरूबाट चल्ने, पद र पैसाको पछाडि भाग्ने देशीविदेशी पूँजीवाद दलाल मात्र हुन् ।

होइन भने महाधिवेशनमा पराजित भएकाहरूले आफ्नै पार्टी अध्यक्षलाई प्रतिगामीसम्म भन्न भ्याउनु, उसको पार्टी सदस्यतासमेत समाप्त पार्नुपछाडिको कारण के हो ? कुन चाहिं तŒवले गर्दा माओवादी केन्द्र र नेकपा एमालेको संस्थागत निर्णयविना नै राजा महाराजाको शैलीमा दुईजना अध्यक्षले गरेको मान्य हुने भनेर पार्टी एकीकरण गरे र फेरि कुन चाहिं शक्तिको के चिज नमिलेर एकअर्काविरुद्ध भुसको आगोजस्तो सल्केर बर्बाद पारे ?

नेपाली राजनीतिमा प्रचण्ड, बाबुराम, खड्गप्रसाद ओली, माधव नेपालजस्ता नामहरूले निकै ठूलो अर्थ राख्ने गथ्र्यो तर यी सबै नामलाई एकापसमा भिडाएर पानी बाराबारको अवस्थामा पु¥याएर राष्ट्रियस्तरका नेताहरूको हुर्मत लिएर निकम्मा, निठल्लु पदलोलुप, भ्रष्ट, नातावादी जस्तो आरोप र व्यवहार दुवै देखाएर कुन कुन शक्ति केन्द्रले के के पाए ? यतिबेला नेकपा टुक्रेर नेकपा एमाले र माओवादी केन्द्र बनिसकेको छ । अहिले फेरि एमाले टुक्रेर नेकपा एमाले समाजवादी बनिसकेको छ ।

मधेसवादी दलसमेत टुक्रिसकेको छ । यी सबै निकम्मा भएर, चोरैचोर भएर कसले कुन बाजी मार्न खोजेका हुन् ? एक वक्र्षपछि हुने सङ्घीय निर्वाचनमा कुनै पनि पार्टीको बहुमत नआउने गरी यो पूर्वतयारी गरिएको त होइन ? अबको तीस/चालीस वक्र्ष मिलीजुली सरकार होस् अनि साँचो विदेशी शक्तिराष्ट्रको दरबारमा होस् र मनलाग्दी किसिमले नेपालको प्राकृतिक स्रोतसाधनमाथि दोहन गर्न पाइराखोस् भन्ने मनसायले अहिलेसम्मको यो गाईजात्रा प्रदर्शन गरिएको हो भन्दा कुनै अतिशयोक्ति नहोला ।

यस अर्थमा इमान नामको चिज थोरै पनि कथित वाम पार्टीहरूमा रहेको छ भने बेकारको केवल भोट बैंकको रूपमा हसिया–हतौडाको झन्डा र माक्र्सवादको लोगो प्रयोग गर्न छाडेर आफ्नो असली बुर्जुवा चरित्रमा जनतासामु प्रस्तुत भए बेलायतको लेबर पार्टी र कन्जरभेटिभ पार्टी जस्तै लामो समयसम्म राजनीतिमा टिक्न सकिन्छ । यसले गर्दा यो गाईजात्रा देखाउनुपर्दैन । गति र मति सुध्रोस् तथा जनता र देशप्रति सबै जिम्मेवार होस् । गाईजात्राको अवसरमा यही शुभकामना !

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here