टोकियो, ९ साउन/सिन्ह्वा

जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण पदक जितेको छ ।

शनिवार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्यान्डका प्रतिस्पर्धीलाई पछाडि पार्दै स्वर्ण पदक जितेका हुन् ।

प्रतियोगितामा ५–३ को अन्तरले दक्षिण कोरियाको जीत भएको हो । नेदरल्यान्डले रजत पदक प्राप्त गरेको छ भने मेक्सिकोले कास्य पदक जितेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here