नयाँ दिल्ली, ९ साउन/एएनआई

भारतमा कोरोना भाइरसबाट थप ३९ हजार ९७ जना सङ्क्रमित भएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १३ लाख ३२ हजार १५९ पुगेको अधिकारीले जनाएका छन् ।

कुल सङ्क्रमितमध्ये अहिले चार लाख आठ हजार ९७७ जना सङ्क्रमित अवस्थामैं रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कुल सङ्क्रमितमध्येको १.३१ प्रतिशत भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये चार लाख २० हजार १६ जनाको मृत्यु भएको छ । तीमध्ये ५४६ जना पछिल्लो एक दिनमा थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कुल ३५ हजार ८७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यो अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या कम देखिएकाले अघिल्लो दिनको तुलनामा सङ्क्रमित अवस्थामैं रहेकाको सङ्ख्या बढेको छ ।

भारतमा अहिले कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या तीन करोड पाँच लाख तीन हजार १६६ पुगेको छ ।

सरकारी अधिकारीका अनुसार भारतमा ४४.४५ करोड स्वाब परीक्षण गरिएको छ भने ४२ लाख ७८ हजारभन्दा बढीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here