साओ पाओलो, ९ साउन/सिन्ह्वा

ब्राजिलमा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समयमा झनै बढेको पाइएको छ । ब्रजीलका स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार यहाँ गएको २४ घण्टामा नै एक लाखभन्दा पनि बढी मानिस सङ्क्रमित भएका छन् ।

यहाँ विगतका केही दिनमा एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीले जानकारी दिएका थिए । हाल मृत्यु हुनेको सङ्ख्या त घटेको छ तर सङ्क्रमित भने झनै बढेका छन् ।

यहाँ शुक्रवार अघिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट कम्तीमा पनि एक लाख आठ हजारजना मानिस सङ्क्रमित भएका छन् ।

योसँगै ब्रजीलमा कोरोना भाइरसको प्रकोपबाट सङ्क्रमित हुनेको सङ्ख्या एक करोड ९६ लाख पुगेको छ । जसका कारण यहाँको जनजीवन पनि निकै प्रभावित भएको देखिएको छ ।

त्यसैगरी, गएको २४ घण्टामा यहाँ यो सङ्क्रमणबाट एक हजार ३२४ जनाको ज्यान गएको छ। यो सङ्क्रमणबाट अहिलेसम्म ब्रजीलमा पाँच लाखभन्दा बढी मानिसको ज्यान गएको बताइएको छ ।

ब्रजीलमा कोरोना भाइरसको सङ्क्रमण शुरू भएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको सङ्ख्या पाँच लाख नाघेको छ ।

त्यहाँका स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार ब्रजीलमा अहिलेसम्म अर्थात् मङ्गलवारसम्ममा पाँच लाख ४८ हजार ९५ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको बताइएको छ ।

ब्रजीलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको सङ्ख्या बढेको पाइएको छ । त्यसैगरी, मृत्यु हुनेको सङ्ख्या पनि केही हप्ताअघि घटेको देखिएकोमा अहिले बढेको छ ।

ब्रजीलको साओ पाओलो शहर शुरूदेखि नै यो सङ्क्रमणको केन्द्रबिन्दुको रूपमा रहेको पनि पाइएको छ । ब्राजील कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रूपमा परेको छ । यहाँ अहिले पनि दैनिक कम्तीमा पनि एक हजारजनाको ज्यान जाने गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here