प्रस, वीरगंज, ११ जेठ/

रौतहट जिल्ला, गुजरा नगरपालिका–४ कनकपुर निवासी १७ वर्षीया सविना विकको सोमवार राति वीरगंजको अस्पतालले भर्ना लिन नमानेपछि एम्बुलेन्समैं मृत्यु भएको छ।

सविनाकी आमा कुमारी विकले चन्द्रपुरस्थित जनता अस्पतालले वीरगंज रेफर गरेको र साँझ ५ बजे वीरगंज आइपुगेको र सर्वप्रथम वीरगंज हेल्थकेयरमा छोरीलाई उपचारको लागि एम्बुलेन्समा राखेर लगेको बताइन्। उनले त्यहाँ पौने १ घण्टा भर्नाको लागि कुराएर राखेको र पछि भर्ना नहुने भनी फर्काइदिएको बताइन्। त्यहाँबाट घण्टाघर, लिङ्करोडस्थित भवानी हस्पिटलमा लगेको र त्यहाँ पनि आधा घण्टा एम्बुलेन्समैं राखेर भर्ना नहुने भनी फर्काइएको बताइन्। दुईवटा अस्पतालबाट फर्काइएपछि आफू छोरीलाई लिएर नारायणी अस्पताल गएको र त्यहाँ पनि भर्ना नगरी नेशनल मेडिकल कलेज लैजान भनिएको र छोरीलाई त्यहाँ लैजाँदा अस्पतालले मृत घोषित गरेको बताइन्।

अस्पताल लैजाने क्रममा बाटोमैं मृत्यु भएको चिकित्सकले बताएको उनले भनिन्। सविना एक वर्षदेखि मिर्गौला रोगबाट पीडित थिइन्। उनको काठमाडौंमा डायलोसिस हुँदै आएको थियो र चन्द्रपुरस्थित जनता अस्पतालमा डायलोसिस नभएपछि उनलाई त्यहाँका चिकित्सकले वीरगंज पठाएका थिए।

वीरगंजका अस्पतालले भर्ना नलिएपछि छोरीको अकालमा मृत्यु भएको आमा कुमारी विकले बताइन्।

तीनवटा अस्पतालको तीनथरी भनाइ

वीरगंज हेल्थकेयरका सञ्चालक डा अबुलेस अन्सारीले डायलोसिसको लागि सविना विक भन्ने रोगी अस्पतालमा नआएको दाबी गरे। उनले आफ्नो अस्पतालमा अहिले कुल २० जना रोगी भएको र डायलोसिसका बिरामीहरूको उपचार सहज हुन सक्ने बताए। डा अन्सारीले एम्बुलेन्स चालकले आफ्नो अस्पतालमा बिरामी नल्याउने गरेको उनले बताए। एम्बुलेन्स चालकहरूको कमिशन फिक्स हुने गरेको र आफ्नो अस्पतालले कमिशन नदिंदा बिरामी नल्याउने गरेको उनको स्पष्टोक्ति थियो।

भवानी हस्पिटलका सञ्चालक रामराज श्रेष्ठले आफ्नो अस्पतालमा डायलोसिस नहुने भएकोले फर्काइएको बताए। उनले शुरूमैं अस्पतालमा नल्याउन सुझाव दिएको तर एम्बुलेन्समा बिरामी लिएर आएपछि डायलोसिस नहुने भनेर नारायणी अस्पताल अथवा नेशनल मेडिकल कलेज लैजान सुझाव दिएको बताए।

नारायणी अस्पतालका डा दीपक चौरसियाले आकस्मिक कक्षमा बिरामी ल्याइएको र सामान्य कक्ष्Fमा भर्ना गर्न भन्दा आइसियू खोजेको र आइसियू भरिभराउ भएको हुँदा बिरामीका अभिभावकले बिरामीलाई लिएर अन्यत्र गएको बताए। उनले आकस्मिक कक्षमा ड्युटीमा रहेका डा सहाबुद्दीनले अस्पताललाई जाहेर गरेको कुरा आफूले बताएको जनाएका

छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here