प्रस, पंचगावाँ, ९ असोज/
पटेर्वासुगौली गाउँपालिका–२ बेलवाटोलमा मामाघरमा बस्दै आएका २० वर्षीय अजयराउत थारूले पासो लगाएर आत्महत्या गरेको समाचार छ ।
बेलवाटोलमा रहेको रामजानकी मन्दिर परिसरमा डोरीको पासो लगाएर उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले बताए ।
शुक्रवार बिहान साढे ९ बजे खेतमा काम गर्नेहरू खाजा खान मन्दिरमा गएको बेला युवक डोरीमा झुन्डिएको अवस्थामा फेला परेको र उनीहरूले प्रहरीलाई सूचित गरेको बताए । युवक थारूले आत्महत्या गर्नुपर्ने कारण अहिले खुलिसकेको छैन ।
जीराभवानी गापाको सुपौली घर भएका उनी बेलवाटोलमा सानैदेखि मामाघरमा बस्दै आएका थिए । इप्रका पटेर्वासुगौलीका प्रनि चोरवारले आत्महत्याको कारणबारे सोधखोज भइरहेको र शव शल्यपरीक्षणको लागि नारायणी अस्पताल पठाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here