मौलापुर नपामा २५ शय्याको आइसोलेशन

0

प्रस, रौतहट, ९ असोज/
मौलापुर नगरपालिकाले २५ शय्याको आइसोलेशन निर्माण गरेको छ । सुविधासम्पन्न आइसोलेशन निर्माण भएको नगरपालिकाले जनाएको छ । कोरोना महामारी नियन्त्रण गर्नका लागि आइसोलेशन निर्माण गरिएको नगरप्रमुख रीना साहले बताइन् ।
स्थानीयस्तरमा कोरोना सङ्क्रमण बढेसँगै सोबाट जोगिनका लागि अग्रिम तयारीस्वरूप अक्सिजन सिलिन्डरसहितको २५ शय्याको आइसोलेशन निर्माण गरिएको नगरप्रमुख साहले बताइन् ।
विकास निर्माण एवं जनताको सेवामा विशेष पहिचान बनाएको मौलापुर नगरपालिकाले कोरोना महामारी नियन्त्रणमा पनि सराहनीय भूमिका खेल्दै आएको स्थानीयले बताए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here