पीडितको जाहेरी प्रहरीले लिएन

प्रस, वीरगंज, ९ भदौ/    छिपहरमाई गाउँपालिका–५ भिस्वामा भएको कुटाकुटको विषयमा प्रहरीले चासो नदेखाएको पीडितहरूको आरोप छ।    दुई पक्षबीचको झगडामा एक पक्षको कुटाइबाट पीडित भएका दुईजना महिला र दुईजना पुरुष गरी चारजना घाइते भएका र उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ। घाइते पक्षले उजूरी लिएर जाँदा जिल्ला प्रहरी कार्यालय पर्साले उजूरी दर्ता नगरेको र गाउँमा गएर […]

युवकद्वारा आत्महत्या

प्रस, पर्सागढी, ९ भदौ/    बहुदरमाई नगरपालिका–४ गुलरियामा एकजना युवकले आत्महत्या गरेका छन्।    गाउँनजीकैको आँपको बगैंचामा स्थानीय रामकिशोर महतोका २२ वर्षीय छोरा सुनील महतोले पासो लगाएर आत्महत्या गरेका हुन्। घुम्न निस्किएका गाउँलेहरूले उनको शव झुन्डिरहेको देखेपछि घरपरिवारलाई जानकारी गराएका थिए।    घटनाको अनुसन्धान भइरहेको र शवको शल्यपरीक्षणको लागि नारायणी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ।

वीरगंजका चिकित्सकहरू आन्दोलित

प्रस, वीरगंज, ९ भदौ/    वीरगंज महानगरका निजी अस्पतालका चिकित्सकहरू मङ्गलवारदेखि आन्दोलनमा उत्रिएका छन्।    एमबिबिएस तहका चिकित्सकहरूले कोरोना सङ्क्रमणको बेलामा तलबभत्ता र सेवासुविधामा वृद्धिको माग गर्दै ५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको आज सातौं दिनदेखि आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले आफ्नो पारिश्रमिक न्यूनतम रु ६५ हजार हुनुपर्ने, रु २५ लाखको जीवनबीमा गरिनुपर्ने, अस्पतालमा काम गर्दाको अवस्थामा क्वारेन्टाइनमा बस्ने चिकित्सकहरूलाई […]

बाल उद्यान निर्माण कार्य अन्तिम चरणमा

प्रस, महोत्तरी, ९ भदौ/    महोत्तरीको बर्दिवास नगरपालिका वडा नं ९ स्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुलामा युवाहरूको सक्रियातामा बाल उद्यान निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। बालबालिकाका लागि शिक्षण क्रियाकलापका साथै अतिरिक्त क्रियाकलापमार्फत् मनोरञ्जनका लागि बाल उद्यानको निर्माण गरिएको जनसहयोगी युवा सञ्जाल बर्दिबासले जनाएको छ। युवा सञ्जालले गत जेठमा शुरू गरेको बाल उद्यान निर्माण कार्य […]

अज्ञात रोगले धानबाली सुक्यो

प्रस, सर्लाही, ९ भदौ/रासायनिक मल तथा बीउबिजनको चरम अभावका बीच गरिएको धानखेती खेतमैं सुक्न थालेपछि सर्लाहीका किसान चिन्तित भएका छन्।धानको बोट सुक्ने नयाँ रोगको सङ्क्रमण देखिएको धान किसानहरूले बताएका छन्। यहाँका किसानहरूले यस वर्ष एउटै खेतमा दुईपटक धान रोपेका थिए। पहिलोपटक रोपेको धान खेतमा बाढीको पानी पसेपछि बोट कुहिएको थियो। दोस्रोपटक रोपेको धान पनि रोगको […]

तस्करीको केराउ सशस्त्रद्वारा बरामद

प्रस, सप्तरी, ९ भदौ/        तस्करीका लागि तयार गरिएको केराउसहितका ६ वटा डुङ्गा हनुमाननगर कङ्कालिनी–११ बाट प्रहरीले नियन्त्रणमा लिएको छ। सखुवास्थित कोशीको स्पर छेउबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।    सो नाकाबाट ठूलो परिमाणमा केराउ भारततर्फ जाँदै छ भन्ने सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले सोमवार राति केराउ बरामद गरेको हो। डुङ्गामा लादिएको १७५ बोरा सेतो केराउ […]

प्रहरीको कुटाइबाट युवक घाइते

प्रस, वीरगंज, ९ भदौ/इलाका प्रहरी कार्यालय, गरुडाका प्रहरीको कुटाइबाट एकजना युवक गम्भीर घाइते भएका छन्।रौतहट, गरुडा नगरपालिका, जिङ्गडियामा साउन ३१ गते भएको हत्याको विषयमा प्रहरीले स्थानीय युवा विजय रामलाई पक्राउ गरेको थियो। पक्राउ परेका विजय रामलाई अपराध स्वीकार गर्न प्रहरीले कुटपीट गर्दा मिर्गौलामा क्षति पुगेको र हाल उनको उपचार नेशनल मेडिकल कलेजमा भइरहेको अगुवा नेता […]

१० महिलासहित ३२ जना सङ्क्रमित पुष्टि

प्रस, वीरगंज, ९ भदौ/    पर्सा जिल्लामा मङ्गलवार ३२ जना सङ्क्रमित थपिएका छन्। जिल्ला प्रशासन कार्यालय, पर्साले उपलब्ध गराएको तथ्याङ्क अनुसार १० जना महिला र २२ जना पुरुष नारायणी प्रयोगशालामा गरिएको पिसिआर परीक्ष्Fण रिपोर्टमा सङ्क्रमित पुष्टि भएका हुन्।    प्रशासनले उपलब्ध गराएको सूची अनुसार वीरगंज महानगरको वडा नं. ३, ४, ८, ९, १०, ११, १२, १४, १५, […]

दुई पक्षबीच कुटाकुट, एकजना घाइते

प्रस, पर्सागढी, ९ भदौ/    पर्सागढी नगरपालिका–७ फूलवरियामा दुई पक्षबीच भएको झगडामा एकजना घाइते भएका छन्।    नालाको विषयलाई लिएर श्रीनिवास मिश्र र रोहण अन्सारीबीच विवाद भई मारपीटमा परिणत भएको थियो। मारपीटको क्रममा रोहण अन्सारी घाइते भएको र उनलाई उपचारको लागि नारायणी वयोधा अस्पताल लगिएको प्रहरीले जनाएको छ। पछि घाइते अन्सारीका परिवारजनले मिश्रको घरमा तोडफोड गरेका थिए। […]

कोरोना कहरः कहाँ चुक्यौं, कहाँ चुक्दैछौं

-विनोद गुप्ता    साउन २९ गते बिहीवारको प्रतीक दैनिकमा प्रकाशित समाचार अनुसार साउन २८ गते बुधवार अपराह्न १ बजेसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या २३ हजार ९ सय ४८ रहेकोमा ८७ जनाको मृत्यु भएकोले मृत्युदर ०.३६ प्रतिशत र प्रदेश २ मा ६ हजार ६८ सङ्क्रमितमध्ये ३३ जनाको मृत्यु भएकोले मृत्युदर ०.५४ र वीरगंजमा यो मृत्युदर १.७२ प्रतिशत रहेको […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।