प्रस, वीरगंज, ९ भदौ/
    वीरगंज महानगरका निजी अस्पतालका चिकित्सकहरू मङ्गलवारदेखि आन्दोलनमा उत्रिएका छन्।
    एमबिबिएस तहका चिकित्सकहरूले कोरोना सङ्क्रमणको बेलामा तलबभत्ता र सेवासुविधामा वृद्धिको माग गर्दै ५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको आज सातौं दिनदेखि आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले आफ्नो पारिश्रमिक न्यूनतम रु ६५ हजार हुनुपर्ने, रु २५ लाखको जीवनबीमा गरिनुपर्ने, अस्पतालमा काम गर्दाको अवस्थामा क्वारेन्टाइनमा बस्ने चिकित्सकहरूलाई अस्पतालले सेवासुविधा दिनुपर्ने, डब्ल्युएचओको निर्देशन अनुसार व्यक्तिगत सुरक्षालगायतका सामग्री उपलब्ध गराउनुपर्ने र अस्पतालमा कार्यरत रहँदा सङ्क्रमित हुनेहरूलाई अस्पतालले निश्शुल्क उपचार गराउनुपर्ने माग राखेका थिए।
    सात दिने अल्टिमेटम सकिएपछि आजदेखि उनीहरू सामूहिक राजीनामा दिएर आन्दोलनमा होमिएका हुन्। वीरगंज महानगरमा एक दर्जनभन्दा बढी निजी अस्पताल छन् र त्यसमा डेढ सयभन्दा बढी चिकित्सक कार्यरत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here