पीडितको जाहेरी प्रहरीले लिएन

प्रस, वीरगंज, ९ भदौ/
    छिपहरमाई गाउँपालिका–५ भिस्वामा भएको कुटाकुटको विषयमा प्रहरीले चासो नदेखाएको पीडितहरूको आरोप छ।
    दुई पक्षबीचको झगडामा एक पक्षको कुटाइबाट पीडित भएका दुईजना महिला र दुईजना पुरुष गरी चारजना घाइते भएका र उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ। घाइते पक्षले उजूरी लिएर जाँदा जिल्ला प्रहरी कार्यालय पर्साले उजूरी दर्ता नगरेको र गाउँमा गएर मिलापत्र गर्न दबाब दिने गरेको पीडित पक्षको भनाइ छ।
    भदौ १ गते फोहरको विषयमा झगडा हुँदा छिपहरमाई–५ बस्ने अशोक रौनियारसहित उनका परिवारजनले सोही स्थान निवासी धनवन्ती देवी, मुकेश गुप्ता, सरिता कुमारीलाई कुटपीट गरी टाउको फुटाउनुका साथै हात भाँचिदिएको घाइते पक्षको आरोप छ। जिल्ला प्रहरी कार्यालयमा पटकपटक जाँदा प्रहरीले उजूरी दर्ता गर्न नमानेको उनीहरूले गुनासो गरे।
    यस विषयमा प्रहरी उपरीक्षक गङ्गा पन्तले भिस्वाको घटनाबारे आफूलाई थाहा नभएको र उजूरी पनि नआएको बताइन्। उजूरी आउनासाथ प्रहरीले पीडित पक्षलाई सहयोग गर्ने उनले बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here